सरकार विराेधी तत्वले हिंसा भड्काउन सामाजिक संजालकाे प्रयाेग गरेकाे भन्दै कस्मिरमा सामाजिक संजाल माथि प्रतिबन्ध लगाएकाे छ । हिंसालाई प्राेत्साहित गर्ने सामाग्री राखेकाे भन्दै राज्य सरकारले एक महिनाकाे लागि कस्मिरमा सामाजिक संजाल प्रयाेगमा राेक लगाएकाे छ । गत जुलाईमा विदाेही कमान्डर नेता बुरहान वानीकाे सुरक्षा कारबाहीमा मृत्युु भएपछि भारत प्रशासित कस्मिरमा व्यापक रूपमा हिंसा भड्केकाे छ ! यस विच पछिल्लो हिंसामा नाैजनाकाे मृत्यु भएकाे छ । श्रीनगरकाे उपचुनावकाे त्रममा नाै जना प्रदर्शनकारीकाे मृत्यु भएपछि कस्मिरमा भारत विराेधी नारा लगाउदै सयाै विघाथीहरूले सडक अवरुद्ध पारेका छन ! भारत विराेधी अान्दाेलन कमजाेर बनाउन कस्मिरमा इन्टरनेट माथि बारम्बार निलम्बन र प्रतिबन्ध लाग्दै अाएकाे छ ।
सन २०१२ देखि २०१६ सम्म कस्मिरमा इन्टरनेट माथि ३१ पटक प्रतिबन्ध लागिसकेकाे छ ! राज्य सरकारले फेसबुक , टि्वटर ,ह्वाटस एप लगाएत २२ वटा समाजिक संजाल माथि प्रतिबन्ध लागेकाे छ । इन्टरनेटमाथि राेकले दैनिक कित्रिकलाप, व्यावसायिक काम , समाचार उत्पादन र सुचना अादान प्रदानमा प्रत्यक्ष असर परेकाे छ । सामाजिक संजाल बाहेक युट्युब, स्काइप, टेलिगाम, स्नापच्याट र रेडिट माथि पनि राेक लागेकाे छ । प्रतिबन्धपछि थिजी र फाेरजी माेबाइल सेवा पनि सुस्त बनेकाे छ !कमिटी टु प्राेटेक्ट जर्नालिस्ट ( सिपिजे ) ले प्रतिबन्ध फिर्ता लिन भारत सरकारसंग माग गरेकाे छ !शान्ति सुव्यवस्था कायम गर्ने बहानामा सामाजिक संजालमाथिकाे बढ्दाे प्रतिबन्धले शान्ति र अमन चयन दुवै कायम गर्न सकिन्न सिपिजेले भनेकाे छ ! मुस्लिमहरूकाे बाहुल्यता रहेकाे कस्मिर दशकाैदेखि भारत र पाकिस्तान बीच दन्द र विवादकाे केन्द्र बन्दै अाएकाे छ ।













































































































































































































