२९ बैशाख २०८२, सोमबार

 

स्थानिय तहको निर्वाचनमा विजयी जनप्रतिनिधी बन्धुहरुलाई स्वागत तथा बधाई

सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले स्थानिय तहको निर्वाचनमा विजयी जनप्रतिनिधी बन्धुहरुलाई आज स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विजयी उमेदवारलाई फूलमाला,अविर र खादाद्वारा स्वागत तथा बधाई ज्ञापन गरिएको थियो । सो अवसरमा नेकपा माओवादी केन्द्रको तर्फबाट नव निर्वाचित वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, सदस्य दल बहादुर थापा र लोक बहादुर थापाले प्रतिवद्वता सहितको धन्यवाद मन्तव्य राख्नुभएको थियो । बधाई कार्यक्रममा समाजका उपाध्यक्ष ज्ञान बहादुर बहादुर थापा, सदस्य चित्र बहादुर थापा, हुम बहादुर थापा, गुञ्ज बहादुर थापा, शान्त थापा, शिक्षक तुल बहादुर थापा, केन्द्रिय प्रतिनिधी छुम बहादुर थापा र गलकोट खबर डट कम प्रमुख तथा समाजका पूर्व सहसचिव थम्मन थापा सन्देशले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विजयी उमेदवार, थापा समाजका केन्द्रिय प्रतिनिधी क्षेत्रिय प्रतिनिधी, थापा बन्धुबान्धवहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम समाजका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता र सचिव केहरसिंह थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung