७ जेष्ठ २०८१, सोमबार

 

अमृत आदर्शमा अन्तर विद्यालय स्तरिय हाँजिरीजवाफ प्रतियोगिता

 अमृत आदश आवासिय माध्यमिक विद्यालय बागलुङले आधरभुत तह स्तरिय अन्तर विद्यालय स्तरिय हाँजिरीजवाफ प्रतियोगिता गरेको शुक्रबार छ ।

विद्यालयका विद्यार्थी किरण केसीको स्मृतिमा कार्यक्रम गरिएको हो । कक्षा ७ मा अध्ययनरत केसीले गत बर्ष फागुन १० गते ब्रेनट्युमरका कारण ज्यान गुमाएका थिए । उनको स्मृतिमा गत बर्ष नै सात कक्षाका विद्यार्थीले अन्तरिक हाँजिरीजवाफ प्रतियोगिता सुरु गरेका यसबर्ष बृहत रुपमा अन्तर विद्यालय स्तरिय कार्यक्रम गरिएको प्रिन्सिपल महेशचन्द्र प्रधानले जानकारी दिए । बागलुङ नगरपालिका अन्तरगत बागलुङ बजारका १३ विद्यालयका १४ समुहको सहभागिता रहेको प्रतियोगितामा गरिमा आवासिय बोर्डिङ स्कुल प्रथम, आयोजक अमृत आदर्शको समुह ए द्वितिय र युएस एकेडेमी तृतिय भएका छन् । विभिन्न ११ विषयसँग सम्बन्धित प्रश्न सहभागी विद्यालयलाई समेत तयार गर्न भनेर सबैतिरबाट प्राप्त प्रश्नलाई संयोजन गरि सहभागीलाई सोधिएको विद्यालयले जनाएको छ । सहभागी सबै समुहलाई एक–एक प्रश्न हुने गरि १४ ओटा जडिबुटि नमुना संकलन गरेर स्वाद लिन लगाई ति जडिबुटीको बारेमा प्रश्न सोधिएको थियो । स्थानिय स्थरमा पाईने जडिबुटीको पहिचान तथा प्रयोग र महत्वको बारेमा विद्यार्थीमा ज्ञान बढाउने उदेश्यले यस्तो प्रश्न तयार गरिएको शिक्षक सरोजराज पन्तले जानकारी दिए ।

विजयी विद्यार्थीलाई स्टेशनरी र प्रमाणपत्र तथा विद्यालयलाई ट्रफि र प्रमाण पत्र प्रदान गरिएको शिक्षक सरोजराज पन्तले जानकारी दिए । विद्यार्थी किरण केसीको सम्झनालाई रचनात्मक बनाउँदै अन्तर विद्यालय सम्बन्ध र सहकार्य बढाउने उद्देश्य सहित गरिएको कार्यक्रममा २ सामुदायिक विद्यालय, ८ प्याब्सनमा आबद्ध विद्यालय र ३ ओटा एनप्याब्सनमा आबद्ध विद्यालयका विद्यार्थी सहभागी भएका विद्यालयले जनाएको छ । प्रतियोगिताको शुभारम्भ जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले पहिलो प्रश्न सोधेर गरेका थिए । विजयी विद्यार्थीलाई अमृत आदर्श एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनतकुमार श्रेष्ठ र प्रिन्सिपल महेशचन्द्र प्रधानले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रम अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा शिक्षकहरु सरोजराज पन्त र नगेन्द्र मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्