४ श्रावण २०८३, सोमबार

 

जनप्रेमद्वारा जनप्रतिनिधिलाई स्वागत

 ताराखाेला गाउँ पालिकाका अध्यक्ष तथा उपाध्यक्ष सहित वडान नका वडा अध्यक्ष तथा सदस्यहरुलाई जनप्रेम माध्यमिक विद्यालय अमरभुमि १ भुस्काले अाईतबार स्वागत तथा बधाई ज्ञापन गरेकाे छ ।

 कार्यक्रममा बाेल्दै ताराखाेला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले जनप्रेम माध्यमिक विद्यालय सामुदायिक विद्यालयबाट उदाहरणिय काम गरि देश विदेशमा चर्चा कमाएकाे विद्यालयबाट अाफु सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्नुका साथै विद्ालयकाे विकासकाे लागि अाफुले महत्त्वपूर्ण सहयाेग गर्ने बताउनु भयाे । घर्तीले जनप्रेम माविलाई थप उदाहरणिय बनाउनेमा लागिप्रर्ने बताउनु भएकाे छ । त्यसै गरि उपाध्यक्ष दिलकुमारि पुन राेकाले अाफ्नाे तर्फबाट हुने सहयाेग गर्ने बताउनु भयाे ।

कार्यक्रम वडा१ का अध्यक्ष यम श्रिष, शिक्षक अभिभावक संघका संयाेजक ईन्द्रधाेज भण्डारी, जनप्रेमका प्रधानध्यापक नईन्द्र बहादुर गुरुङ वडाका निर्वाचित सदस्य गाैरि गुरुङ ,राेमा विक,खड्क बहादु, घर्ती,खगेन्द्र छन्त्याल लगायतले बाेल्नु भएकाे थियो । कार्यक्रम पुर्णबहादुर गुरुङकाे अध्यक्षता लालमणि श्रिषकाे स्वागत र भाेजबहादुर छन्त्यालकाे संचालनमा सम्पन्न भएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung