
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले साहित्यकारहरू कुमार नगरकाेटि , गनेस पाैडेल र प्रकाशक तथा संचारकर्मी भुपेन्द्र खड्कालाई महासंघकाे कार्यालयमा स्वागत गरेकाे छ ।
स्वागत तथा सम्मान कार्यक्रममा बाेल्दै साहित्यकार कुमार नगरकाेटिले पत्रकारहरू जिम्मेवार नागरिक भएकाेले अध्ययन र अनुसन्धानमा जाेड दिनु पर्ने बताए । धेरै सृजनशिल पत्रकारहरू राम्रो लेखक भएर उदाएकाे र साहित्यमा पत्रकारहरूकाे ठूलाे याेगदान रहेकाे बताए । अर्का साहित्यकार गनेस पाैडेलले अाफ्नाे पत्रिका प्रकाशनकाे अनुभव सुनाउदै पत्रकारहरूकाे खाेज, चिन्तन र अनुसन्धानले राम्रो कृति सृजनामा बल पुग्ने र यसरी साहित्यकारलाई बाेलाउने र छलफल गर्ने परम्पराकाे प्रशंसा गरेका थिए । बुक हिल प्रकाशनका भुपेन्द्र खड्काले पत्रकार र महासंघ सम्मानित क्षेत्र भए पनि उपेक्षा अनुसार काम हुन नसकेकाेले नव निर्वाचित कार्य समितिले महासंघलाई सृजनशिल ढंगले अगाडि बढाउनु पर्ने बताए ।
नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्ष दिल शिरिषकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत सल्लाहकार मुकेश राजभण्डारी र संचालन सचिव राम थापा अविरलले गरेका थिए ।