४ कार्तिक २०८३, मंगलवार

 

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको गृहमा सरुवा

- बागलुङमा ऋषिराम तिवारी आउँदै

बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे गृह मन्त्रालयमा सरुवा भएका छन् । नेपाल सरकार गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा ११ सहसचिव र १५ उपसचिवको सरुवा गर्ने क्रममा पाण्डेको पनि सरुवा भएको हो ।

पाण्डेले २०७२ फागनु १० गतेदेखि अहिलेसम्म बागलुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेर काम गरेका हुन् ।

सरकारले बागलुङमा ऋषिराम तिवारीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पठाईएको छ । जसअनुसार पर्वत र मुस्ताङको सिडिओमा गृहमन्त्रालयका उपसचिवहरु क्रमश राजेश पन्थी, र रामचन्द्र अधिकारीको सरुवा भएको छ । निर्वाचन आचारसंहिता नलाग्ने जिल्लाहरूमा सिडिओको हेरफेर गरिएको गृहमन्त्रालयका सहसचिव राजकुमार श्रेष्ठले बताए ।

नयाँ सरकार गठनको तयारी भईरहेका बेला गृहले प्रमुख जिल्ला अधिकारी, सहसचिव र उपसचिवको शुक्रबार सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung