१९ जेष्ठ २०८३, मंगलवार

 

नयाँ शक्ति पार्टी स्थापनाको एक बर्ष –मानब सेवा आश्रमलाई खाद्यान्न प्रदान

नयाँ शक्ति पार्टी नेपाल बागलुङले पार्टी स्थापनाको एक बर्ष पुरा भएको अबसरमा मानव सेवा आश्रमलाई खाद्यान्न प्रदान गरेको छ ।

पार्टी स्थापनाको एक बर्ष पुरा भएको दिन आज बागलुङ बजारमा रहेको मानव सेवा अश्रमका लागि खाद्यान्न प्रदान गरिएको नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद् सदस्य तथा बागलुङका प्रचार प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

पार्टीका बागलुङ नगर संयोजक अर्जुन खत्रीले मानव सेवा आश्रम सञ्चालक संस्था सेभ द युथ नेपालका अध्यक्ष मनिस रायमाझिलाई खाद्यान्न प्रदान गरे ।
पार्टीले लोक कल्याणकारी राज्यको परिकल्पना गरेको सन्दर्भमा सानो भएपनि रचनात्मक काम गरौँ भन्ने सोचले असहाय र सहारा विहिनहरुका लागि सहयोग प्रदान गरिएको बताए ।

नयाँ शक्ति अभियानका संयोजक डाक्टर बाबुराम भट्राईले २०७३ जेठ ३० गते काठमाण्डौको खुल्ला मञ्चमा नयाँ शक्ति पार्टी नेपाल घोषणा गरेका थिए । पार्टी घोषणाको आज एक बर्ष पुरा भएको छ ।

साँझ बागलुङ बजारमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको नयाँ शक्ति नेपाल पार्टी बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung