२९ बैशाख २०८२, सोमबार

 

विश्वरक्तदाता दिवसमा १६ पटक रगत दान गर्ने ५ जना सम्मानित

विश्व रक्तदाता दिवसको अवसरमा लगातर १६ पटक रगतदान गर्ने रक्तदातालाई सम्मान गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाले १६ पटक रगत दान गरेका ५ जना दातालाई सम्मान गरेको हो ।

रक्तदाताहरु प्रकाश आचार्य, सुजन श्रेष्ठ, धर्मराज शर्मा, मनिष रायमाझि र आशिक राजभण्डारीलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका उपसभापती राजेन्द्र आचार्यले जानकारी दिए ।

रक्तसञ्चार केन्द्र बागलुङमा भएको कार्यक्रममा धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सागर राजभण्डारीले रगतदान मानव जीवनको उच्च स्तरको मानविय सेवा भएको भन्दै रक्तदातालाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा जवाफदेहिताका लागि असल छिमेकी बागलुङका अध्यक्ष राम शर्मा, कालिका स्पोट्स क्लवका अध्यक्ष सुरज खड्का लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापती जब्बरबहादुर लामिछानेको अध्यक्षता, उपसभापती राजेन्द्र आचार्यको स्वागत र मन्त्री नारायण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

बागलुङमा १५ देखि २० जना रक्तदान गर्न ईच्छुक दातालाई पहिल्यै सम्पर्कमा राखेर आवश्यक परेको अवस्थामा दिने व्यवस्था मिलाईएको रक्तसञ्चार केन्द्र बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung