३ श्रावण २०८३, आईतवार

 

बागलुङमा प्रजनन् स्वास्थ्य सम्बन्धि पत्रकार अन्तरक्रिया

बागलुङमा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु भन्ने विषयमा पत्रकार अन्तरक्रिया कार्यक्रम भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ र राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सञ्चार केन्द्र काठमाण्डौको सहकार्यमा जिल्ला सदरमुकाम बागलुङ बजारमा बिहिबार कार्यक्रम भएको हो ।

कार्यक्रममा परिवार नियोजना, नवजात शिशु स्याहार, सुरक्षित मातृत्व र स्वास्थ्य क्षेत्रमा समाचार लेखनको बारेमा सहजिकरण सहित अन्तरक्रिया भएको थियो ।
परिवार नियोजना, नवजात शिशु स्याहार तथा सुरक्षित मातृत्वको बारेमा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका परिवार नियोजना अधिकृत दिपक सुवेदीले सहजिकरण गरेका थिए ।

स्वास्थ्य क्षेत्रको रिफोर्टिङ तथा ईस्यूको बारेमा नेपाल पत्रकार महासंघ बागलुङका पुर्वउपाध्यक्ष तथा नागरिक राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार दिलिप पौडेलले सहजिकरण गरे ।

सहजकर्ताले प्रजनन् स्वास्थ्य निकै महत्पुवर्ण रहेको भन्दै यसमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । अनिच्छित गर्भ रोक्नका लागि परिवार नियोजनका अस्थायि साधन प्रयोग प्रभावकारी रुपमा प्रयोग गर्न सकिने उनीहरुको भनाई थियो । परिवार नियोजन, सुरक्षित मातृत्व र शिशु स्याहारको बारेमा सचेतना बृद्धि हुनु आबश्यक रहेको सहजकर्ताको भनाई थियो ।

स्वास्थ्य क्षेत्र गरिने खोजमुलक रिपोर्टिङले सुधार र सचेतनाको लागि सहयोग पु¥याउने सहजकर्ताले बताए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषको अध्यक्षता, पत्रकार दिलिप पौडेलको स्वागत र जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका अधिकृत देबप्रकाश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung