३ श्रावण २०८३, आईतवार

 

कोरियाको होष्टेलमा सुतेका म्याग्दीका कार्की झ्याल तोड्दा मृत भेटिए

कामको सिलशिलामा दक्षिण कोरिया गएका म्याग्दीका एक युवाको सुतेकै अस्थामा गयराती मृत्यु भएको छ ।

सोल नजिकै खिम्पो शहर स्थित प्लाष्टिकको दाना बनाउने ‘होंजिन’ नामको कम्पनीमा कार्यरत म्याग्दी राखुका २७ बर्षिय सेरबहादुर कार्कीको मृत्यु भएको हो ।

बिहिबार बेलुका खाना खाएर होष्टेलमा सुतेका कार्की शुक्रबार विहान सुतेकै अबस्थामा मृत भेटिएको त्यहाँ रहेका नेपाली उमेश बस्नेतले जानकारी दिए । उनी ९ महिना पहिले कोरिया गएका थिए । विहान अबेरसम्म पनि नउठेपछि झ्यालको ढोका तोडेर हेर्दा उनी मृत भेटिएका थिए । उनी सुतेको कोठामा नेपालबाटै लगिएको केहि औषधि पनि भटिएको छ ।

कार्कीको मुत्यु भएको खबर आफुलाई पनि आएको म्याग्दी समाज दक्षिण कोरियाका अध्यक्ष लोक बानिँयाले बताएका छन् ।
पछिल्लो समय रोजगारीका लागि कोरिया पुगेका नेपालीको मृत्यु हुने घटना बढेको कोरियाबाट भर्खरै नेपाल आएका बागलुङ समाज दक्षिण कोरियाका सचिब सज्जनकुमार सिंहले जानकारी दिए ।

‘कतिपय नेपाली दुर्घटनामा पर्छन्, केहि सुतेकै अबस्थामा मृत भेटिएका पनि छन्, सिंहले भने, ‘आत्महत्याका घटना समेत भएका छन ।’
कोरियामै रहेर कामसँगै पत्रकारिता समेत गरेका उनले कठिन काम गर्नुपर्ने, मानसिक तनाब बढि हुने, प्रयाप्त आराम गर्न नपाउने र पारिवारिक तनाब जस्ता कारण नेपालीको मृत्यु हुने गरेको बताए ।

उनले विगत १० दिनको अबधिमा मात्रै विभिन्न घटनामा पाँच जना नेपालीको ज्यान गएको बताए । २ जनाले दुर्घटनामा ज्यान गुमाएको, अरु २ जना सुतेकै अबस्थामा मृत भेटिएको र एक जनाले आत्महत्या गरेको सिंहको भनाई छ ।

फोटो–मृतक सेरबहादुर कार्की, उनी सुतेको कोठामा भेटिएका औषधि ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung