बाग्लुङमाको नयाँ बसपार्कमा एक मधेसीमुलका एकजना दाई ढुङ्गाको चाङ लगाउँदै थिए । कुरा असार १ गते विहान १० बजेको हो । हामी यात्राको क्रममा थियौँ ।
मसँग थाहाखवर डटकमका बागलुङ सम्बाददात कृष्ण कँडेल हुनुहुन्थ्यो । बसपार्कमा पुग्न साथ एक्कासी यो दृश्यतर्फ दृष्टि पुग्यो । हामी रोकीयौँ ।
झट्ट हेर्दा ती सामन्य ढुङगाहरु मात्र थिएनन् । ति कुनै प्रयोगका लागि ल्याईएको होला जस्तो लाग्थ्यो । नजीकै पुगीयो । ती गोला र चौकश परेका ढुङ्गा ती दाईले मिलाउँदै थिए । उनीसँग हाम्ले परिचय गरियो ।
हामीले आफ्नो परिचय दिएपछी उनले पनि आफ्नो परिचय दिए । सुनील कुमार कसवारीया, मनवानपुर जिल्ला राप्ती । अनुमति मागेर मोवाईल निकाल्दै क्यामेरामा ती ढुङगाको तस्वीर कैद गरियो हामीले ।
ती तस्वीरहरु झाँतो र सिलौटाको रहेछ । झाँतो मानव सभ्यतामा धेरै पहिल्यैको बलियो हतियार हो, जसमा अन्नका दानालाई पिसेर, पिनेर मसिनो बनाई आटो पिठो बनाए विभिन्न परिकार बनाएर खोने गरिन्छ ।
सिलौटो चाहिँ चट्नी, अचार, मसला पिस्नको लागी प्रयोग हुन्छ । यि दुई चिज प्रत्यकको घरमा हुन्छ । नियमित प्रयोग गरिन्छ । पछिल्लो समयमा यसको बैकल्पीक प्रयोगको रुपमा विभिन्न आधुनीक पानीघट्ट, मिल र मिक्सरहरु प्रयोगमा आएका छन् । ती मकवानपुरे दाई सँगको परिचय उनी र हामी पक्षविच कुराकानी सुरु भयो ।
यी झाँता र सिलौटाहरु कहाँबाट ल्याउनुभयो ?
मनवानपुरबाट
कहाँ लैजाने ?
यही । कालीगण्डकी स्कुलको पछाडी हो हजुर ।
कति छन त ?
एक सय ओट । सबै अडरका हुन् ।
कहाँको ढुङगाबाट बनाउनु भएको ?
राप्ती नदीको ढुङगाबाट बनेका हुन् हजुर ।
यतैतिरका (बागलुङ) ढुङगाको बनाउन सकिदैन ?
सकिन्छ । तर यहाँको ढुङगा कडा हुन्छ । ३ दिनमा मात्र १ सेट तयार गर्न सकिन्छ । तर हामीले मकवानपुर राप्तीका ढुङ्गाबाट १ दिनमै १ सेट बनाउँछौँ ।
कति मुल्यमा बेच्नुहुन्छ ?
१२ सय देखी १५ सय सम्म । अव मजदुरको त घण्टाकै ६ सय देखी ८ सय पाउँछ ।
यति कुरा हुँदा हुँदै पिटपिटे (सानो) ट्याक्टर आयो । सबै सामन उठायो । उनी आफ्नो गन्तव्य तिर लागे हामी आफ्नै दैनिक अगाडि बढायौँ ।
राप्तीको ढुङ्गा । मकवानपुरेको सिपले सिलौबटो र झाँतो बनेर बागलुङेको घरमा आईपुगेको छ । दैनिक प्रयोग भईरहेको छ । मकवानपुरेको परिवार यहि ढुङ्गा कुँदेर आकार दिएरै भएको आम्दानीबाट चलेको छ ।
भन्नेहरु भन्छन् । नेपाली सुनको थालमा भिख माग्छन् । यस्तो कामको लागि, उस्तो कामको लागि, फलानो सुधारको लागि, विदेशीले यत्रो सहयोग ग¥यो । फलानो देशले यति अनुदान दियो भन्ने हामीले धेरै नै सुन्छौँ ।
हामी कहाँ धेरै प्राकृतिक साधनस्रोत छन् । धेरै कच्च पदार्थ खेर गईरहेको छ । यिनीहरुको उपयोगबाट राम्रो आँदानी गर्न सकिन्छ । हामीसँग ज्ञान, सिप, प्रविधि र श्रम चाहिन्छ ।
त्यति हुन सक्यो भने । हामी आफ्नो दैनिकी चलाउन गाउँ घरमै उद्याम सञ्चालन गर्न सकिन्छ । यसका लागि राज्यले त्यस्तो वातावरण सृजना गर्नुपर्छ ।
यहि कुरामा गन्थन–मन्थन गर्दै हामी अगाडी बढ्यौँ । यहाँ मेरो सोचमा बढि अएको कुरा त्यहि हो कि । भिख माग्ने हामीले आफुसँगै भएको सुनको थाल कहिले चिन्ने ? हाम्रो सरकारले त्यो कहिले देख्ला ?
हामी दुईजनाको पनि साथ छुट्यो । आ–आफ्नै गन्तव्य तिर लागियो ।
-खगेन्द्र विश्वकर्मा, बागलुङ













































































































































































































