पत्रकार उजिर मगरको पुस्तक अंश सार्वजनिक भएको छ । माओवादी द्वन्दकालमा विभिन्न स्थानमा पुगेर रिर्पोटीङ गर्दाका चुनौति, तत्कालिन समयमा पत्रकारहरुले निभाएको भुमिका र एउटा पत्रकारको नजरमा प्रत्यक्ष देखेका र भोगेका भुमिगत लडाकुका गतिबिधीमाथीको संस्मरण समेटिएको पुस्तक अंश मंगलवार राजधानिमा एक बिषेश समारोहका बिच सार्वजनिक गरिएको हो ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको प्रमुख आतित्यमा भएको अंश बिमोचन समारोहमा लामो समय पत्रकारिताको अनुभव समेटेका र उजिर मगरको पत्रकारिता र स्वभावलाई नजिकबाट चिनेका पत्रकारहरुले पुस्तक अंश र उजिर मगरका बारेमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै पत्रकार युवराज घिमिरेले उजिरले माओवादी द्वन्दकालका समयमा गरेको जोखिम पुर्ण पत्रकारिता र नेपालमा पत्रकारले भोग्नु पर्ने अप्ठ्यारालाई पुस्तक अंशले समेटेको बताउँदै उजिर मगर जुनसुकै अवस्थामा आफ्नो पेसागत जिम्मेवारी निभाउन सक्ने साहासी पत्रकार भएको बताए ।
त्यस्तै पत्रकार गुणराज लुईटेलले त्यो समय समाचारका बाईलाईनहरुमा बाहुन क्षेत्रीको बाहुल्यता अर्थात घिमिरे, लुईटेल, वाग्ले थर मात्र आउने भएपछि बाईलाईनकै लागि अन्य जातीका पत्रकार खेज्ने क्रममा ईन्द्रमान बुढालाई भेटेको र सुरुमा यो बुढा थरमाथी नै कन्फ्युज भएको प्रशंग सुनाएका थिए । सबैलाई बुढा भनेको बुढाथोकी थर पो हो कि भन्ने लागेको र पछि ईन्द्रमान बुढा मगर जातीका भएको थाहा भएपछि खोजेकै जस्तो मान्छे भेटिएको किस्सा सुनाएका थिए । तिनै ईन्द्रमान बुढाको नयाँ नाम पत्रकार नारायण बाग्लेले जुराए । पत्रकार वाग्लेले जुराएको नयाँ नाम उजिर मगरको त्यो समयदेखी पुस्तक अंश सम्मका काम, स्वभाव र योगदानबारे प्रशंसा गर्दै लुईटेलले पुस्तक अंशमा मुलधार भन्दा बाहिर रहेको पत्रकारिता अभ्यासको बर्णन समेटिएको बताए ।
उजिर नाम जुराएका पत्रकार नारायण वाग्लेले उजिर जस्तोसुकै जिम्मेवारी दिएपनि पुरा गर्न सक्ने चट्याङ जस्तै पत्रकार भएको बताउँदै पुस्तक अंशमा उनले आफुलाई ईमन्दारिताका साथ उभ्याएको भन्दै प्रशंसा गरे ।
कार्यक्रमका अर्का अतिथी पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले उजिर मगरको पुस्तक अंश सरल भाषामा लेखिएको र प्रस्तुतीको मिठासले लेखिएकाले पनि पढ्दा रमाईलो अनुभुती हुने भन्दै पुस्तक पढ्दा जासुसी उपन्यास जस्तो लाग्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले उजिर मगरको पुस्तककले द्वन्दकालको समयमा ओझेलमा रहेका धेरै बिषय बस्तुलाई उठान गरेको भन्दै प्रशंशाका साथ शुभकामना दिए । साथै उनले राजनितीक बिषय बस्तुका कुरामा पूर्वराजा ज्ञानेन्द्र शाहले अवसर गुमाउँदा सिंगो राजतन्त्र नै गुमाउनुपरेको भन्दै जनयुद्धकालमा आफुहरुले राजासंगै वार्ता गर्न खोजे पनि तत्कालीन राजा ज्ञानेन्द्रले बेवास्ता गरेको उल्लेख गर्दै भने , “हाम्रो नीति तत्कालीन सरकार भन्दा पनि राजासंग नै प्रत्यक्ष वार्ता गर्ने थियो । हामीले राजा विरेन्द्रसंग पनि कुरा गरेका थियौं तर यो क्रम ज्ञानेन्द्रको पालामा भंग भयो।”













































































































































































































