सत्ता टिकाउन बोकाको
बलिदानी चलिरहेको छ
हाम्रो देशमा कति अचम्म छ
पटकपटक सरकार चल्छ
पटकपटक सरकार ढल्छ
जति पटक सरकार ढल्छ
मेरो देशमा त्यति नै पटक
नयाँ सरकार बन्छ
फेरिएको नयाँ सरकार
टिकाउन यहाँ बोकाको
बलि दिने गर्छन् सरकार प्रमुख
हो
हाम्रो देशमा पटकपटक
सरकार टिकाउन बोकाले
बलिदानी गर्नु पर्छ
अहिले बोकाको पक्षमा
बोलि दिने कोही पनि छैनन्
न त बोका स्वयंले
यो पुरानो प्रथाको बिरोध
गर्न सक्छन्
न त कुनै
पशु अधिकार कर्मि नै बोल्छन्
हाम्रो देशमा सधैं सरकार
टिकाउन बोकाले नै बलिदानी
गर्नु पर्छ
न त सरकारले अहिलेसम्म
सरकार टिकाउन बलिदान
गर्ने बोकालाई सहिद घोषणा
गरेको छ
न त बोकाका
परिवारलाई राहत नै दिएको छ
हो हाम्रो देशमा सधै बोकाले
बलिदान दिन्छन्
देश बनाउन व्यबस्था
परिवर्तन गर्न सहिदले
रगत बगाउँछन्
अनि टाँठा बाठाले
प्रधानमन्त्री र मन्त्री हानथाप
गरिगरि खान्छन्
फरक यत्ति मात्रै हो
कसैले बलिदानी गर्ने
कसैले बसिबसि खाने
राजेशचन्द्र राजभण्डारी, बागलुङ













































































































































































































