५ जेष्ठ २०८१, शनिबार

 

कुबेतको समुद्रमा नुहाउने क्रममा बागलुङका युवाको डुवेर मृत्यु

रोजगारीका लागि कुबेत गएका बडिगाड गाउँपालिका–७ असारेका लक्ष्मण घर्तीको समुद्रमा डुवेर मृत्यु भएको छ ।

साबिकको भिमगिठे गाविस वडा नम्बर–६ का २५ बर्षीय घर्ती साथीहरुसँग नुहाउन समुद्रमा गएका थिए ।

बिहिबार आफ्नो ड्युटी सकेर नुहाउन गएका उनको डुबेर मृत्यु भएको आफन्त सुर्य थापाले बताए ।

४ बर्ष अघि कुबेत पुगेका उनी त्यहाँको एमईसिसि कम्पनीमा काम गर्थे । घर्तीका एक छोरी र श्रीमती छन् ।

यस अघि जेठ अन्तिम साता गाडीको ठक्करबाट साउदीमा ज्यान गुमाएका यहाँका २५ बर्षीय भिमबहदुर केसीको शव अहिलेसम्म आफन्तले पाएका छैनन् । उनीपनि बडिगाड–७ कै हुन् ।

शव नेपाल ल्याउन नसकिएको उनका आफन्तले बताए । एक महिनाको अन्तरालमा एउटै वडाका दुई जनाको मृत्युको खवरले उनीहरुका परिवार, आफन्त र गाउँले समेत सोकमा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्