
ताराखोला गाउँपालिका वडा नम्बर–३ हिलमा महिला सशक्तिकरण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम भएको छ । वडाका महिलाको नेतृत्व विकास गर्दै आत्मनिर्भर बनाउने उदेश्यले नारी कल्याण समाज हिलले कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै वडा नम्बर–३ का अध्यक्ष डिलबहादुर बस्नेतले समाजिक कार्यमा महिलाको अगुवाई अवश्यक रहेको बताए । ‘हाम्रो समाजमा महिलाबर्ग पछि परेको अवस्था छ’, अध्यक्ष बस्नेतले भने, ‘सवैभन्दा पहिले त आफै सक्रिय भएर अघि बढ्नुपर्छ, वडा र गाउँपालिकाबाट महिलाको क्षमता अभिबृद्धि सम्बन्धि विभिन्न कार्यक्रम हुन्छन्, यस्ता कार्यक्रममा यहाँहरुको सक्रियता आवश्यक छ ।’
स्थानीय १ सय २० जना महिला सहभागी कार्यक्रममा ताराखोला गाउँकार्यापालिका सदस्य तेजुमायाँ भण्डारी परियार र फुलमायाँ कँडेलले महिलाको नेतृत्व विकास, सशक्रिकरण जस्ता विषयमा सहजिकरण गरे । सहकारीमा महिला सहभागीताले हुने फाईदा बारे जनएकता बचत तथा ऋण सहकारी घुस्मेलीका प्रबन्धक अमर निउरेले जानकारी गराए ।
सहभगीलाई सहजिकरण गर्दै गाउँकार्यपालिका सदस्य तेजुमायाँ भण्डारी परियारले महिला दिदीबहिनी एकजुट भएर अघि बढ्नुपर्ने बताईन् । ‘हामी समाजमा सँधैपछि थियौँ’, उनले भनिन्, ‘नयाँ संविधानले त हामीलाई नेतृत्वमा पुग्न धेरै अवसर दिएको छ, यसको भरपुर उपयोग तपाई हामीले गर्नुपर्छ ।’
उनले वडामा ५ जना निर्वाचित हुँदा एक खुल्ला महिला सदस्य र एक दलित महिला सदस्य संविधिानमै तोकिएकाले अब महिलालाई नेतृत्वमा पुग्न कसैले चाहेरपनि रोक्न नसक्ने बताईन् । सिप सिकेर आत्म निर्भर बन्नुपर्नेमा उनको जोड दियो । गत आर्थिक बर्षमा महिलाको लागि बिनियोजन भएको रकमबाट कार्यक्रम गरिउको हो ।
नारी कल्याण समाज हिलकी अध्यक्ष पदमकुमारी गौचनले समाज मार्फत महिलाको क्षमता विकासका विभिन्न कार्यक्रम गर्दै आएको स्मरण गरिन् । कार्यक्रम अध्यक्ष गौचनको अध्यक्षता, सीता सापकोटाको स्वागत र दुर्गा कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।