३ श्रावण २०८३, आईतवार

 

जापान नेपाली एकता समाज सिन्जुक ईकेबुकुरोको अध्यक्षमा शिव शर्म

नेपाली एकता समाज जापान क्षेत्रीय समिति सिन्जुक ईकेबुकुरोको भेलाले शिव शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । नौ सदस्य रहेको समितिको उपाध्यक्ष कृष्ण आले, सचिब जीवन गैरे, सहसचिव विजय थापा र कोषाध्यक्ष राम भण्डारी रहेका छन् ।

सदस्यमा पदम गैरे र बलराम सुवेदी रहेका छन् । दुई सदस्य पछि थप्ने गरि खाली राखिको छ । समितिको सल्लाहकारमा बासु शर्मा, ज्योतिष घर्ती मगर र कृष्ण गौतम रहेका छन् ।

भेलामा टोकियो क्षेत्रीय समितिका अध्यक्ष विष्णु केसी प्रमुख अतिथी थिए । सचिव वुद्धिमणी कँडेल पनि उपस्थित थिए । सिन्जुकु ईकेबुकुरो समिति नेपाली एकता समाज जापानको क्षेत्रीय समिति टोकियो मातहत पर्छ । नवगठित समितिलाई टोकियो क्षेत्रीय समितिका अध्यक्ष्य विष्णु केसीले बधाई ज्ञापन गरेका कृष्ण गौतमले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung