मालिका सेवा समाजको सक्रियतामा बागलुङ नगरपालिक–५ मालिकाका सहाराविहिन दुईजना बालवालिकाहरुलाई कक्षा नर्सरी देखि १० कक्षा सम्म निशुल्क पढाउने व्यवस्था गरेको छ ।
मालिका सेवा समाज र न्यू ओएसिस आवसिय वोर्डिङले संयुक्त रुपमा दुई वालवालिकालाई पढाउने भएको हो । सामिाजिक सञ्जाल मार्फत मालिका सेवा समाजले दिर्घकालिन शैक्षिक अक्षयकोष स्थापना गरि वालवालिकालाई आवासिय सहितको निशुल्क शिक्षा दिने बताईको छ ।

मालिकाका सिमा शर्मा र संयोग शर्मालाई निशुल्क शिक्षाको व्यवस्था गरिएको बताइएको छ । गत असार १ गते सर्पको टोकाइवाट उनीहरुकी आमा रिता शर्माको मृत्यु भएपछि सामान्य परिवारका वालवालिका वेसहारा बनेका थिए ।
बालवालिकाका बुबा गोन्दि शर्मा रोजगारीको सिलसिलामा खाडि मुलुक छन् ।मालिका सेवा समाजले शनिबार एक औपचारिक कार्यक्रम गरि वालवालिका पढाऔं अभियान शुभारम्भ गरेको हो । कार्याक्रममा प्रमुख अतिथि रामजी प्रशाद शर्माले मालिका सेवा समाजले गरेको कार्य निकै उदारणीय भएको भन्दै यसमा साथ दिन सबैलाई आग्रह गरे ।
उनले समाजमा पढ्न नपाएका धेरै वालवालिका भएको भन्दै आगामि दिनमा दिर्घकालिन शैक्षिक अक्षयकोषवाट अन्य वालवालिकालाइ पनि शिक्षाको व्यवस्था गर्नेगरी अगाडि बढ्न मालिका सेवा समाजलाई आग्रह गरे । अक्षयकोषमा स्वदेश तथा विदेशमा रहेका सामाजिक व्यत्तित्वहरुवाट ८ लाख भन्दा वढि रकम जम्मा भइसकेको मालिका सेवा समाजले बताएको छ ।
यी दिदीभाईलाई आवसिय सुविधा सहित महिनाको २० हजारका दरले खर्च हुने अनुमान गरएको छ ।शैक्षिक सामाग्री तथा अन्य शेवा सुविधा विद्यालयलेनै प्रदान गर्ने विद्यालयले बताएको छ । मालिका सेवा समाजका अध्यक्ष दुर्गा कुंवर तथा न्यू ओएसिस आवसिय विद्यालयका प्रिन्सपल नेत्रलाल न्यौपानेले बालवालिकाको दश कक्षा सम्मको शिक्षा निशु्ल्क गराउने करार पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । निशुल्का आवशिय शिक्षा पाउदा बालवालिकाको भविष्य राम्रो हुने उनीहरुका आफन्त नेत्र गौतमले बताए ।

कार्यक्रममा नेपालि कांग्रेसका जगदिश चन्द्र उपाध्याय, नेकपा एमालेका लालवहादुर थापा, राष्ट्रिय जनर्मोचाका धर्म कुँवर, समास सेवी देव बहादुर श्रेष्ठ, बानपा चारका वडा अध्यक्ष धुव्र के.सी, बानपा ५ का वडा अध्यक्ष शिव सापकोटा, उद्योग वायिाज्य संघका अध्यक्ष जयराम भारी, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, न्यू ओएसिसका पूर्व अध्यक्ष बसन्त कुमार श्रेष्ठ, प्रिन्सिपल नेत्रलाल न्यौपाने, रेडक्रस बागलुङका सभापति जब्बर बहादुर लामिछाने, गैसस महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, मालिका सेवा समापको सल्लाहकार भिम बहादुर के.सी, जेसिसका उपाध्यक्ष मनोज विक र मालिका सेवा समाजका शिक्षा उप समिति संयोजक कोपिला खरेलल सकारात्मक कार्यको थालनी गरेको भन्दै समाजको प्रसंसा गरे ।
कार्यक्रम मालिका सेवा समाजका अध्यक्ष दुर्गा कुंवरको अध्यक्षता, प्रथम उपाध्यक्ष विष्णु कुंवरको स्वागत, उपाध्यक्ष जिवनाथ शर्माको धन्यावाद मन्तव्य तथा सचिव तेज बहादुर कुंवरको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































