जेसीजले आईतबार वाकाथुन सम्पन्न गरेको छ । जेसीज सप्ताह अन्तरगत दोस्रो दिन आईतबार वाकाथुन कार्यक्रम सम्पन्न गरेको हो । शान्ति दौड तथा टिशर्ट वितरण मार्फत कोष संकलन कार्यक्रमका लागि वाकाथुन आयोजना गरिएको जेसिजले जनाएको छ ।
संकलित रकमलाई बाढी पीडित र पत्रकार महासंघको भवन निर्माण अभियानमा सहयोग गर्ने बताइएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले वाकाथुन कार्यक्रमबाट संकलन भएको रकमबाट जेसीजले सामाजिक सेवामा प्रदान गरेको स्वागत योग्य कार्यक्रम भएको बताए । जेसिज बागलुङका वर्ष २०१७ का अध्यक्ष जोहन बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको वाकाथुन कार्यक्रमको मुलसमारोहको स्वागत जेसीज सप्ताहका मुलसंयोजक मनोज कुमार वि.क र संचालन वाकाथुन कार्यक्रमका कार्यक्रम संयोजक रोशन खड्काले गरेका थिए ।
जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन सोमबार १२ गते स्वर्गिय सत्यदेवि स्मृति स्लो बाइक रेस प्रतियोगिता, १३ गते अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता, १४ गते जेसिज र पत्रकार महासंघ बागलुङबीच मैत्रीपूर्ण फुटसल, १५ गते जेसीज गाउँ भकुण्डेमा होम स्टेका संचालकहरुका लागि होटल व्यवस्थाप सम्बन्धी तालिम, १६ गते स्वर्गिय प्रगति स्मृति अञ्चल स्तरीय वक्तृत्वकला प्रतियोगिता सहित समापन समारोह र साँझ जेसीज संगम तथा समिक्षा कार्यक्रम हुने बागलुङ जेसिजका कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताहका मुल संयोजक मनोजकुमार बिकले बताए ।