३ श्रावण २०८३, आईतवार

 

बागलुङमा सुरु भयो पहिलो पटक धौलागिरी स्तरीय फुटसल

बागलुङमा धौलागिरी अञ्चल स्तरिय फुटसल प्रतियोगिता सुरु भएको छ । रश आवर स्पोट्स क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संघ बागलुङले लड स्पोर्टस् क्लब हटियालाई पराजित गरेको छ ।

विद्यार्थी संघले लड स्पोर्टस क्लबलाई ८–७ गोलअन्तरले पराजित गरेको हो । यस्तै दोस्रो खेलमा चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब बागलुङले धौलागिरी बहुमुखी क्याम्पसलाई पराजित गरेको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले सवैले खेलाडीहरुले अनुशासित बनेर खेल्नको लागि अनुरोध गरेका थिए । उनले खेलकुद शारीरिक कसरतको लागि मात्र नभई अनुशासित बन्नको लागि पनि खेल खेल्नु पर्ने बताएका थिए ।

रश आवर फुटसल प्रालिका संचालक राजेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियार, जिल्ला फुटबल संघ बागलुङका संस्थापक अध्यक्ष राम शर्मा, खेलाडी संजय खड्काले बोलेका थिए । उद्घाटन समारोहको स्वागत संचालक प्रदिप शर्मा र संचालन राजु केसीले गरेका थिए ।

१४ समुहको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, बेस्ट किपर र अनुशासित टिमलाई सम्मान ३ हजार प्राप्त गर्ने र छन् । प्रतियोगिता ५ दिनसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung