६ जेष्ठ २०८१, आईतवार

 

काभ्रेभिरमा पहिरो: मुक्तिनाथ जाने/आउने तीर्थयात्री ३ दिनदेखि अलपत्र, स्काभेटर समेत पुरियो

पहिरो खसेर सडक पुरएपछि मक्तिनाथ जान हिँडेका र त्यहाँबाट फर्केका यात्रु तीन दिनदेखि बाटोमै अलपत्र परेका छ । म्याग्दी र मुस्ताङको सिमा क्षेत्र काभ्रेभिर भन्ने ठाउँमा बुधबार दिउसो झरेपछि सयौँ सवारी साधन र हजारौँ यात्रु अलपत्र पत्र परेका हुन् ।

म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ मा पर्ने काभे्रभिरमा ५० मिटर माथिबाट पहिरो झरेर पुरै सडक भासिएको छ ।

सडक अबरुद्ध बनेपछि तीर्थयात्री मुस्ताङको घाँसा, लेते र जोमसोममा अलपत्र परेर बसेका छन् । बाटोमा ठुलठुला ढुङ्गा झरेर बसेकाले तत्काल हटाउन समस्या भएको प्रहरी चेकपोष्ट घाँस मुस्ताङका प्रमुख प्रहरी नायक निरीक्षक गोपाल खत्रीले जानकारी दिए । खत्रीका अनुसार पहिरो हटाउन प्रयोग गरिएको एउटा मेसिन समेत पुरिएपछि झन् समस्या भएको छ ।

‘लगातार पानी परेकाले पहिरो झर्ने क्रम रोकिएको छैन, चारवटा मेसिन लगाएर हटाउने प्रयास भईरहेको छ,’ खत्रीले भने, ‘एउटा मेसिन त पहिरोमै पुरियो, पानी नरोकिएपछि तत्काल हटाउन झन् समस्या भएको छ ।’

सडक बिभाग, ठेकेदार कम्पनी, नेपाली सेनाको बज्रदल गण र नेपाल प्रहरी मिलेर बिहिबार विहानैदेखि पहिरो खुलाउने प्रयास गरिरहेका छन् ।

 

बुधबार सोह्र श्राद्दको अन्तिम दिन पितृ दर्पण गरेर फर्केका तिर्थ यात्री धेरै भएकाले यात्रुको चाप यो समयमा बढी छ । श्रद्धका लागि गएका पाको उमेरका यात्रु बढी रहेको प्रहरीले जनाएको छ ।

दशैँको लागि हिँडेका यात्रु समेत अलपत्र परेका छन् । उनीहरुले तत्काल सडक खुलाउन माग गरेका छन् ।

अलपत्र तीर्थयात्रीको संख्या धेरै भएका कारण खान र बस्नका लागि समेत समस्या भएको छ । होटलले खाना खाजाको पैसा मनपरि लिएपछि अलपत्र आफहरु झन मर्कामा परेको यात्रुले गुनासो गरेका छन् ।

निष्चित रकमको जोहो गरेर यात्रामा निस्केका पर्यटक बाटोमै अलपत्र परेर खर्च बढेपछि रकम अभाव भएको छ । कतिपय पैदल हिडेरै गन्तव्य तर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्