३० बैशाख २०८२, मंगलवार

 

मेरो स्मृतिमा म्याग्दीको शिक्षक संघर्ष

महेशचन्द्र प्रधान
शिक्षण पेशा अद्वितीय पेशा भनिन्छ । शिक्षण कार्यले कैयन् बालबालिकाहरू उपकृत हुन्छन्, गुरुवर्गबाट प्राप्त शिक्षाकै कारण कतिपय युवायुवतीहरूको जीवनले एक निश्चित गोरेटो पहिल्याएका हुन्छन् । नेपाल जस्तो विकासोन्मुख देशका लागि शिक्षा, शिक्षण र शिक्षार्थीको अझ बढी महत्वपुर्ण रहन जाने तथ्यमा कुनै प्रश्न नउठ्ला नै ।

१०४ वर्षको राणाकालीन शासन, २००७ को राजनीतिक परिवर्तनपश्चात् छाएको १० वर्षको अन्यौलग्रस्त राजनीतिक अवस्था र पूर्व राजा महेन्द्रको कदमबाट प्रादुर्भाव भएको पञ्चायती शासनव्यवस्थामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै शिक्षाप्रति जनलहर उर्लेर आएतापनि २०२८ पूर्वको शिक्षा स्थानीय नेता, अभिभावक तथा शिक्षकवर्गको क्रियाशीलता, जागरmकता, त्याग र योगदानकै प्रतिफल थियो ।

नयाँ शिक्षा योजनाको प्रादुर्भाव भएपछि सरकारले आंशिक रुपमा शिक्षकहरूको रोजीरोटीको ग्यारेन्टी ग¥यो । तलब सुविधा अनिश्चयको घेरामा रहेको तत्कालीन अवस्थामा सरकारले तलब दर निर्धारण गरी नियमित रुपमा भुक्तान पाउने व्यवथा मिलाएपछि शिक्षकहरूको लागि एक हदमा राम्रै भएको थियो । तर समाजमा जागरण र परिवर्तनका संवाहकको भूमिका निर्वाह गर्दै स्थानीय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका शिक्षकहरूलाई राजनीतिक दल र अन्य संघ संस्थामा प्रत्यक्ष संलग्न हुन नपाउने प्रतिबन्ध पच्य थिएन ।

तत्कालीन सरकार शिक्षित व्यक्तित्वहरूलाई नैतिक बन्धनमा पारी निरक्षर सीधासाधा जनतामाथि शासन गर्न चाहन्थ्यो । यसर्थ शिक्षकहरू भित्रभित्र कुँडिएका थिए र कुनै अवसरको खोजीमा रहेका थिए – यस विरmद्ध आवाज बुलन्द पार्नका लागि । नयाँ शिक्षा नीति शिक्षाको प्रयोजनका लागि भन्दा शिक्षामाथि नियोजन तथा जागरणमाथि नियन्त्रण गर्ने उद्देश्यबाट ल्याइएको कार्यक्रम/नीति हो भन्ने जनगुनासो शिक्षक र बुद्धिजीवीहरूको वृत्तमा रहेको थियो किनकि चेतनाका संवाहक शिक्षकहरूलाई जनचेतना जगाउने कतिपय क्रियाकलापमा तिनको कलम र वाणीमा लगाम खिच्ने उद्देश्यबाट पनि यो नयाँ शिक्षा योजना ल्याइएको थियो ।

प्रहसनको सन्दर्भ

यस सम्बन्धमा एउटा घटना उल्लेख गर्नु सान्दर्भिक ठान्दछु । यो २०३३/३४ सालतिरको कुरा हो । शिक्षक मित्र ध्रुवलाल शर्मा र बालकृष्ण शर्मा म्याग्दी जिल्लाका हास्य व्यङ्ग्य गर्ने कलाकारमा गनिनुहुन्थ्यो । विभिन्न दिवसहरूमा विद्यालयलाई साँस्कृतिक कार्यक्रम गर्ने जिम्मेवारी आउने गर्दथ्यो ।

त्यसमा हामी लाग्नुपर्ने बाध्यता पनि थियो र पनि हाम्रो प्रयास केही नयाँ ढङगबाट जाने, नयाँ सन्देशहरू दिने भन्ने हुन्थ्यो । एकपटकको कार्यक्रममा ध्रुवलालजीले ‘म मर्छु’ शीर्षकमा एउटा हास्य व्यङ्ग्य प्रस्तुत गर्नुभयो । उक्त हास्य व्यङ्ग्यको सार यस्तो थियो ः एकजना किसान आफ्नो छोरीको लागि नाकको बुलाकी बनाउन चाहन्छ र सुन पसलमा जान्छ । सुन पसलेले, “छोरीलाई नै लिएर आउनोस् । म च्याट्ट मिलाएर बनाइदिउँला र लगाइदिउँला हुन्न ।” भनेछ ।

बिचरो किसान आफ्नो जवान छोरीलाई जहाँतहीँ लिएर जाँदा उनको सुरक्षा हुन नसक्ने ठानी आफ्नो इच्छा त्यत्तिकै दबाई घरमै बस्छन् । एकदिन छोरी बिरामी भइन् । किसान छोरीको लागि दबाइ लिन डाक्टरकहाँ पुग्छन् । डाक्टरले, “बिरामीलाई नजाँचीकन के पो थाहा हुन्छ र छोरीलाई नै लिएर आउनुस् न, काका” भनेछन् । बिचरा किसान भने “मेरी छोरीलाई कसैले नसहने भए, जहाँ पनि उसैलाई नै लिएर आइज भन्ने रैछन् । भएन अब यी सबैका बारेमा अदालतमा उजुर गर्नु प¥यो” भनेर न्यायाधीशकोमा पुगेछन् ।

न्यायाधीशले पनि “तिमीले दुःख पाएको कुरा सबै खुलाई लेखाइवरि ल्याऊ न त” भनेछन् । बूढो किसान कान कम सुन्ने भएकाले न्यायाधीशले “लेखाइवरि ल्याऊ” भनेकोमा उही छोरी लिएर आऊ भनेको ठानी घरमा आएपछि “अब म बूढो भएँ, छोरी तरmनी भैसकी, जहाँ जाँदा पनि उही मेरी तरmनी छोरीलाई नै ले भन्छ । अब यो उमेरमा म मेरी तरुनी छोरीको बेइज्जत भएको हेर्न र सुन्न सक्दिन, त्यसैले म मर्छु” भनी पासो हाली मर्न तयार हुन्छ । यो घटना नघट्दै उनी आत्महत्या गर्न लागेको ठाउँमा एकजना शिक्षक आइपुग्छन् र सबै कुरा सुन्छन् । पछि उनको सुनाइ गलत भएकाले त्यस्तो पर्न गएको महसुस गरी फेरि घर फर्किन्छन् । यो हास्य व्यङ्ग्यले विभिन्न पात्रहरूको नियतमाथि व्यङग्यवाण प्रहार गर्नुका साथै निरक्षर मानिसहरूलाई शिक्षाको महत्व बारे चेतना भर्नु पनि एउटा महत्वपुर्ण पाटोको रmपमा रहेको थियो ।

न्यायमूर्तिको व्यवहार
यसरी प्रस्तुत भएको हास्य व्यङ्ग्यलाई तत्कालीन न्यायाधीशले आफ्नै विरmद्धमा आएको भनी हामी तीनजनाका विरmद्ध अदालतको मानहानी गरेको भनी मुद्दा दायर गरी जिल्ला अदालतमा आफ्नै इजलासबाट हामीउपर मानहानी गरेको ठहर गरे, तर वर्तमान वरिष्ठ अधिवक्ता दाजु पद्मनाथ शर्माको सहयोगमा अञ्चल/पुनरावेदन अदालत बागलुङबाट सफाइ मिल्यो ।

राष्ट्रिय चाडपर्व भनिने राजाको जन्मोत्सव, पुस १ गतेको पञ्चायती संविधान दिवस आदि साँस्कृतिक कार्यक्रममा सहभागी नहुँदा पनि अराष्ट्रिय तत्वको बिल्ला भिराउने सम्भावना एकातिर विद्यमान थियो भने अर्कोतिर हाँसोका लागि हास्यव्यङ्ग्य प्रस्तुत गर्दा पनि कुनै न कुनै झमेलामा फँसाउने र दुःख दिने रवैया भएबाट त्यसबेला शिक्षकहरूका लागि काम गर्न कति कठिनाई थियो भन्ने सिद्ध हुन्छ ।

विद्यार्थी आन्दोलनको उभारले डो¥याएको चेतनाको लहर
यस्तैमा २०३५/३६ मा विद्यार्थीहरूले आन्दोलन गरे । विद्यार्थीहरूको आन्दोलनको उचाइले तत्कालीन सरकारको मुटु हल्लाइदियो । सरकार जनमत संग्रहको घोषणा गर्न सम्म बाध्य भयो । देशका विभिन्न जिल्लाका शिक्षकहरू आपसमा गोलबन्द हुने लहर छायो । यसमा म्याग्दी जिल्ला अछुतो रहेन । २०३६ जेठमा शिक्षकहरूको नियुक्ति, सरुवा, बढुवा, स्थायित्व, पेन्सन, उपादान, तालिम सुविधा आदि सवाल अघि सार्दै म्याग्दीका प्रा. वि., नि. मा. वि. र मा. वि. तहका शिक्षकहरूको प्रतिनिधिमूलक भेला भयो ।

भेलाले मेरो संयोजकत्वमा म्याग्दी शिक्षक संघर्ष समिति गठन ग¥यो । यस अघि पनि स्व. शिक्षक सोमबहादुर बोगटीको संयोजकत्वमा एउटा समिति गठन भएको भन्ने सुन्नमा आएको छ । २०३६ मा गठित यो समितिको वैठकबाट उपर्युक्त विषयहरूमाथि छलफल गरी जिल्ला शिक्षा कार्यालयमा माग पेश भयो । शिक्षा अधिकारी विजयराज भट्टराईले शिक्षक संघर्ष समितिका मित्रहरूसँग लामो वार्ता गर्नुभयो ।

साँझ करिब ७ः४५ बजेसम्म जारी रहेको सो वार्तामा हाम्रा स्थानीय मागलाई स्थानीय तवरबाट र राष्ट्रिय मागलाई केन्द्रमा पठाउने गरी समझदारी भए । अन्तमा जिल्ला शिक्षा अधिकारीले हामीलाई उक्त शिक्षक संघर्ष समिति विघटन गर्नुपर्ने र सो कुरा हाम्रो सहमति पत्रमा उल्लेख गर्न भन्नुभयो । यसमा मेरो चित्त बुझेन । तसर्थ मैले जिल्ला शिक्षा अधिकारीसँग आफ्नो कुरा राखेँ, “होइन सर, यो समिति मैले वा यहाँ वार्तामा आएका साथीहरूले मात्र गठन गरेको होइन । तसर्थ यो हामीले मात्र विघटन गर्न मिल्दैन । यो विघटन गर्नका लागि त यो समिति गठन गर्ने सबै साथीहरूको उपस्थिति जररुरी हुन्छ ।” तर जिशिअ समिति विघटनकै कुरामा टाँस्सिइरहनु भयो ।

त्यतिखेर त्यहाँ उपस्थित केही साथीहरूले “के भो त सर, हाम्रो माग पूरा हुने भएपछि अब विघटन गरे भएन त नि” भनी मलाई सल्लाह दिन थाले । तर मचाहिँ यसमा केही प्राविधिक तथा सांगठनिक कठिनाई रहेको कुरामा अडिग रहेँ र साथीहरूलाई, “ल, ठीकै छ, यदि त्यसो गर्न मिल्छ भने तपाईँहरू हाम्रो सम्झौता पत्रमा सही गर्नुहोस्, म त्यसमा सही गर्न सक्दिन नि” भनेँ ।

मेरो यो भनाइले साथीहरू पछि हट्नुभो । वार्तामा सन्नाटा छायो । पछि हामीले एउटा निकास खोज्ने प्रयास ग¥यौँ, “म्याग्दी शिक्षक संघर्ष समिति गठन गर्ने शिक्षक साथीहरूबाट यो समिति विघटन गर्ने निर्णय भएमा स्वतः विघटन हुने गरी” भन्ने वाक्यांश राखेर सम्झौता टुङ्ग्याऔँ न त भनेर जिशिअलाई अनुरोध ग¥यौँ । जिशिअ पनि यसमा सहमत भए र यसरी हामी जिल्ला शिक्षा कार्यालयबाट बाहिरियौँ । कार्यालयबाट बाहिर निस्कने क्रममा समितिका साथीहरूमाझ व्यापक छलफल भयो ।

सम्बद्ध साथीहरू चन्द्रबहादुर घिमिरे, स्व. धनबहादुर बरmवाल, तीर्थकुमारी श्रेष्ठ, गोविन्दप्रसाद श्रेष्ठ, हरिकुमार श्रेष्ठ लगायतले आफ्नो कमजोरी महसुस गर्नुभयो । समितिमा रहेका सबै साथीहरूको नाम हाल मलाई त्यति सम्झना नहुँदा सम्झिएका नामहरू मात्र यहाँ उल्लेख गरिएको हो ।

संगठनको निर्माण

२०३६ श्रावणमा म एकवर्षे बी. एड्. तालिमका लागि खटिएँ । यसैबीच शिक्षक मित्र माधवप्रसाद रेग्मीको संयोजकत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठन, म्याग्दी जिल्ला तदर्थ समिति गठन भएछ । २०३७ पौषमा सम्पन्न पहिलो जिल्ला भेलामा नयाँ नेतृत्वका लागि चुनाव भयो । अध्यक्ष पदमा उम्मेदवारी दिन साथीहरूबाट मलाई प्रस्ताव भयो । अर्का उम्मेदबार शिक्षक मित्र बद्रीबहादुर खड्का हुनुहुन्थ्यो । जिल्लाका जुझारm मित्रहरूको सहयोगका कारण मसहितका साथीहरू – चन्द्रबहादुर घिमिरे, चूडामणि शर्मा, रामबहादुर बरmवाल, गोविन्दप्रसाद श्रेष्ठ, हरिप्रसाद शर्मा, आदि साथीहरू निर्वाचित भयौँ ।

संघर्षको क्रममा
संगठन निर्माण भएपछि शिक्षकवर्गको हक, अधिकार प्राप्तिका लागि केन्द्रीय समितिको आव्हानमा २०३८ वैशाख ३ गतेदेखि अनिश्चितकालीन हड्ताल भयो । हामीले पनि म्याग्दी जिल्लाको तर्फबाट यस कार्यक्रममा ऐक्यवद्धता जनायौँ । योजनापूर्वको अवस्थाका तुलनामा शिक्षकहरूको तलव र अन्य सुविधा नियमित पाउने प्रावधान भएकाले कतिपय साथीहरू उहाँहरूको चेतनास्तरका कारण द्विविधाग्रस्त देखिन्थे ।

तथापि जिल्लाको उत्तरी भेग – शिख, घार, तातोपानी, दाना, हिस्तान, नागी, नारच्याङ्, बेगखोला, चिमखोला, दगनाम, दर्मिजा, भगवती, पिप्ले, झीँ, पात्लेखेत, पाखापानी, मध्य क्षेत्र – अर्थुङ्गे, ज्यामरmककोट, पुलाचौर, बरञ्जा, डाँडाखानी, भकुण्डे, गौँस्वारा, आदि गाउँ पञ्चायत र स्थानका विद्यालयहरूमा राम्रै समर्थन भएको तर पश्चिमतर्फ बाबियाचौर, दरबाङ क्षेत्रमा केही कमजोर रहेको बुझिएकाले म आफ्नै तरिकाले त्यसतर्फका लागि हान्निएँ ।

मधुजीको आतिथ्यतामा
कोटसाउँ पल्तिर राक्से पुग्दा मधुसुदन सर भेटिनु भयो । उहाँको घरमा बसी भलाकुसारी हुँदै गर्दा उहाँको परिवारबाट तातो मकै र भट्टका साथ मीठो मोही (मेरो लागि यो दही नै थियो) पाहुना सत्कारका लागि प्रस्तुत हुँदा भोक लागेको समयमा मेरा लागि “ढुङ्गो खोज्दा देउता मिल्यो” भने झैँ भयो र टन्नै खाएँ । खानपिन गर्दै गर्दा उहाँले मलाई सतर्क गराउनु भयो, “सर्, अहिलेको शिक्षक आन्दोलनलाई केही साथीहरूले समर्थन गर्न आनाकानी गरिरहेका छन्, त्यो तपाईँलाई थाहै छ । त्यसमध्येका अगुवाई गर्ने केही व्यक्तिहरू आज तातोपानीतिर गैरहेका छन् । तपाईँको उनीहरूसित भेट हुन सक्छ, त्यसैले आज यतै बस्नुहोस्, भोलि जानुहोला नि ∕” भनेर अनुरोध गर्नुभयो ।

जम्काभेट
साँझको करिब ५ः०० बजेको थियो । म भने रातसाँझ गरी दरबाङ पुग्ने मानसिकतामा थिएँ । त्यसैले म उहाँसँग बिदाबादी भई अगाडि बढेँ । नभन्दै ती व्यक्तिहरूसँग म्याग्दी तातोपानी–कुण्डको ठीक माथि मेरो जम्काभेट भयो । उनीहरूले ‘कहाँ जाने ?’ भनी सोधे । मैले आफ्नो उद्देश्य नलुकाइकन राखेँ । एक्कासी एकजना साथीबाट वाक्वाण प्रहार भयो, “बडो बागलुङबाट आएर यहाँ राजनीति गर्ने ? खुुरुक्क आफ्नो काम गरे त भइहाल्यो नि ∕’ मैले नम्रतापूर्वक नै जवाफ दिएँ, “हेर्नोस्, यो हामी सबैको समस्या हो ।

पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तर हिमाली क्षेत्रदेखि दक्षिण तराईको फाँटसम्मका सबै शिक्षक साथीहरू आफ्नो हक अधिकारको सुनिश्चितताका लागि संघर्षरत छन्, त्यसमा तपाईँहरूको पनि साथ चाहियो ।” तर उनीहरू मेरो कुरा सुन्न तयार थिएनन् । उनीहरू मलाई वारन्ट आदेश जारी भएको र उनीहरू नै मलाई प्रहरी थानामा बुझाउनु आफ्नो जिम्मेवारी रहने जस्ता तल्लो स्तरमा ओर्लिएर कुरा गर्न लागे ।

त्यो समूहमा एकजना सरकारी अधिकृत पनि थिए जो एक शिक्षकका सहोदर दाजु पनि थिए । ती राजपत्रांकित अधिकारीले पनि तिनको हाँ मा हाँ मिलाउँदै भने, “अँ त महेशजी, तपाईँलाई वारन्ट छ, यो मैले थाहा पाएकै कुरा हो । म एउटा सरकारी अधिकृत भएको नाताले मैले तपाईँलाई त्यत्तिकै अघि बढ्न दिन मिलेन ।

ल हिँड्नोस्, तपाईँ बेनीतिर ।” अब राम्रो मुखले हुने छाँट नदेखेपछि मैले आफ्नो अधिकारको कुरा राखेँ, “ल ठीकै छ, त्यसो हो भने मलाई त्यस्तो प्रमाण/पूर्जी देखाउनुहोस्, तब म जाउँला ।” मैले यत्ति कुरा के भनेको थिएँ, ६ जनाको त्यो समूहका एकजना भूतपूर्व सैनिक लाग्ने व्यक्तिले मेरो हात च्याप्प समाते । त्यहाँ म एक्लैको कुनै जोडबल लाग्न नसक्ने अवस्थाको आँकलन गरी म निरीह भै उनीहरूको साथ लाग्न बाध्य भएँ ।

आत्मसुरक्षाको प्रयासमा
गर्मीको बेला । त्यहीँ साढे छ बजिसकेको थियो । हामी त्यहाँबाट हिँडेपछि कोही आपसमा कुरा गर्दै हिँड्दा केही पछि छुटेका थिए भने ३ जना मेरा साथमा थिए । उनीहरूसँग उज्यालोका लागि टर्च रहेनछ । उनीहरूले आफ्नै तानाबाना बुनिरहेका थिए होलान् शायद बाटोमा । म पनि आफ्नै योजनामा थिएँ । मसँग टर्च भएतापनि मैले आफ्नो योजना मनमन गुनिरहेको थिएँ ।

त्यसैले झमक्क साँझ पर्दा पनि विना टर्च अगाडि बढिरह्यौँ । तिनीहरूको समूहका मेरो हात समात्ने व्यक्ति मलाई ‘सर्को टाङ् निकै लामो पो रहेछ त, निकै छिटो हिँडिरहनु भा’छ त ।” भने । मैले “हो र ?” भनी अनभिज्ञता जनाएँ किनकि रातसाँझको बेला फरक विचारका व्यक्तिहरूको जत्थासँगको यात्रा असुरक्षित महसुस गरिरहेको थिएँ । सिँगाको म्याग्दी पुलनेरको दहथुममा आइपुग्दा मेरासाथ दुईजना मात्र थिए जो प्राकृतिक/शारीरिक क्रियाकर्मका लागि बाटोको भित्तातर्फ तेर्सिए ।

म पनि सोही निहुँमा म्याग्दी नदीको किनारतिर हुत्तिएँ । झमक्क साँझ परिसकेको हुँदा नदीको किनारका उबड खाबड ढुङ्गाहरूको मलाई हेक्का रहेन किनकि म एकै तत्तुमा मग्न थिएँ कि तिनको चक्रव्यूहबाट कसरी उम्कने ?” म नराम्ररी पछारिएँ । स्वास फेर्न पनि कठिनाई महसुस भयो । फेरि मेरो अन्तःस्करणले मलाई घच्घच्यायो, “अब तँ तिनको चङ्गुलबाट भाग्न खोजेको आभास तिनीहरूलाई परिसकेको छ । के तैँले आत्मसमर्पण गर्छस् ?”

छामछाम छुमछुम गर्दै पहराको कोप्चो छिचोल्दै
म सकी नसकी उठेँ । केही बेर नजिकको चौतारीमा गई सुस्ताएँ । थोरै सहजपन लागेपछि तत्काल पुलतर्फ लम्किएँ । पहरो फोडेर बाटो काटिएको पुलपारिको कोप्चोमा अन्धकारभित्र आफैलाई हराउँदै अगाडि बढ्न खोज्दा पटक पटक लोटेर नदीमा खस्ने अवस्था पनि उत्पन्न नभएको होइन । तथापि म बच्दै र भाग्दै तीरैतीरको बाटो तताउन सफल भएँ ।

एक जोर कपडा, टर्च, टुथ ब्रस, टुथ पेस्ट, छाता र रेजर सेट राखिएको झोला एकातिर काँधमा भिरेको थिएँ भने हातमा नन्फोल्डिङ् छाता झुन्ड्याइ अगाडि बढिरहेको थिएँ । जसोतसो म्याग्दी नदीको पुल र पुलनेरको पहरो छिचोल्न सफल मैले टर्चको आवश्यकता ठानेँ किनकि म बाटो/अबाटो नदीको तीर हुँदै अगाडि बढिरहेको थिएँ, न म कहिल्यै त्यो बाटो यसअघि हिँडेको थिएँ ।

बाटोको छेउछाउ नदीको पानी, सिस्नो, विभिन्न विरmवा झ्याङ् आदि पनि हुँदा मेरा लागि टर्च अत्यावश्यक भएको थियो । मैले टर्च निकालेँ तर बाल्ने बेला अर्को हातले टर्चको टाउको छोपी आफूलाई मात्र बाटो हेर्न मिल्ने गरी अगाडि बढेँ ।

त्यो अविष्मरणीय रात
केही बेरपछि कोही टर्च बाल्दै मेरो पछिपछि आउँदै गरेको देखेँ, जो करिब मभन्दा २/३०० मिटर मात्र टाढा होलान् । अब बाटैबाटो लाग्नु मेरो लागि सुरक्षित थिएन । त्यसैले म अबाटो झाडीतिर उक्लिएँ ।

मलाई पछ्याउने व्यक्ति दुईजना रहेछन् । उनीहरू म लुकिरहेको स्थान (झाडी) कै सामुन्ने उत्तरतर्फ म्याग्दी नदीको किनारको ढिस्कोमा बसेर आपसमा कुराकानी गरिरहे – करिब रातको १०ः०० बज्दासम्म । वैशाख १४ गतेको अँधेरी रात थियो । म झाडीभित्रै लुकिरहेको थिएँ । रात छिप्पिँदै जाँदा चारैतिरको चूक घोप्टिएको चकमन्न अन्धकारमा म एउटा गीतको यी दुई हरफ सम्झी आपूmलाई ढाडस दिने प्रयासमा थिएँ,
“रात जगाए खुल्छ बाटो त्यो अँधेरी रातको
जुन्किरीले साथ दिन्छ सोची आफ्नै साथको”

मध्यरातमा जब मलाई निद्रादेवीले छपक्क छोप्न आइपुग्थिन्, म बसिरहेको नाङ्गो जमिनबाट आएको चिसोरmपी शत्रुले मलाई निदाउन नदिएको मात्र होइन भुइँबाट आएको चिस्यानले मेरा तन्द्रालु आँखा र निद्रालु शरीरलाई बेलाबखत बिजुलीले झट्का दिएजस्तै गरी झसङ्गै पारिदिन्थ्यो । अर्कोतिर म मनमनै जङ्गल र झाडीमा रहेका हिंस्रक जन्तुले आक्रमण गर्ने पो हो कि भन्ने त्रासबाट ग्रसित नभएको पनि होइन किनकि आखिर म एक साधारण मानिस न थिएँ ।

जूनको झुल्कोसँग मितेरी गाँस्दै

यसै क्रममा रातको करिब २ः०० बजेतिर म लुकेको ठाउँको पारि पुला/भीरमुनिको डाँडामा जूनको झुल्को देखा परेपछि आफुतिर पनि केही उज्यालो प्रकाश छाएको पाएँ । अब अगाडि बढ्नु श्रेयस्कर ठानी म ज्यामरmककोट बगरबाट भकुण्डे हुँदै गौँस्वारा उक्लिएँ । बिहान करिब ६ बजेतिर म मित्र कृष्णबहादुर थापाको घर पुगेँ । सबै बेलिविस्तार लगाएपछि खाना खाईवरि म घर फर्किएँ । यो म्याग्दीमा शिक्षण गर्दाका बखत मैले भोगेको एउटा घटना थियो जुन मैले कदापि बिर्सन सक्दिन ।

यसपछि पनि यो शैक्षिक हड्ताल/संघर्षका दौडान केन्द्रबाट राखिएका बैठकहरूमा भाग लिन हामी रात/बिरात अञ्चलस्तरीय भेला, बैठकका लागि कुश्मा, क्षेत्रीय भेलामा पोखरा पुग्थ्यौँ र संघर्षका स्वरmपसम्बन्धमा छलफल गथ्र्यौँ । यो नेपालको शैक्षिक इतिहासमै लामो शैक्षिक संघर्ष/आन्दोलन रह्यो जुन करिब ११४ दिनपछि मात्र साम्य भएको थियो ।

सम्झौताको कार्यान्वयनमा उदासीनता देखाएपछि
२०३८ आषाढमा भएको सम्झौता लागू गर्ने सम्बन्धमा तत्कालीन सरकारले आनाकानी गरेपछि ने. रा. शि. संगठन केन्द्रीय समितिले २०३८ माघतिर लालटिन जुलुसको कार्यक्रम तय गरेको थियो । म्याग्दी जस्तो जिल्लामा यो कार्यक्रम सम्पादन गर्नु कठिन थियो । त्यसैले हामीले यो कार्यक्रम ढोलथान, पुला, भीरमुनितिर गर्ने सोच बनार्यौ । तर यसमा हामीलाई भनेजस्तो सफलता भने मिल्न सकेन ।

पछि पुनः बन्दको आव्हान भयो । सरकारले उक्त कार्यक्रम सुरु नहुँदै मुक्तिमार्ग मा. वि. घारका प्र. अ. मित्र कृष्णप्रसाद शर्मा र मलाई विद्यालय समयपछि पक्राउ गरी करिब २८ दिनसम्म शान्ति सुरक्षा ऐनअन्तर्गत बेनी कारागारमा थुनामा राख्यो ।

उपसंहार

२०३६–२०४० को बीच बढाइएका आन्दोलनले शिक्षकहरूको हक हितमा धेरै उपलब्धि हासिल भएका छन् । यसमा वामपन्थी विचार बोक्ने साथीहरूकै बढी योगदान रह्यो । ने. रा. शि. संगठनमा आवद्ध नेतृत्वदायी साथीहरू सम्पूर्ण शिक्षकवर्गको हक, हित र अधिकार रक्षाका लागि जीउ ज्यानको खतरा मोली संघर्षरत थिए भने अर्कातिर केही यस्ता शिक्षक मित्रहरू पनि थिए जो अवसरमा रमाउँथे, तर आफ्नै हकहितका लागि उठिरहेको आन्दोलनसँग हातेमालो गर्नुका साटो आन्दोलनमा तगारो बनिदिन्थे र आफ्नो खुट्टामा आफै बञ्चरो प्रहार गर्न पुगेको पत्ता पाउँदैनथे ।

मलाई ती साथीहरू सम्झँदा अहिले कताकता दया जागेर आउँछ जो आज सोही आन्दोलनको उपलब्धि निर्लज्ज उपभोग गर्न कत्ति हिच्कििचाउँदैनन् । शिक्षक संघर्षका सिलसिलामा मजस्तै कतिपय साथीहरूले विभिन्न हण्डर खेप्न परेको भएपनि त्यतिखेरको आन्दोलनले कैयन् शिक्षक साथीहरू निवृत्तिभरण, उपादान, औषधी उपचार खर्च, तालिम, गोष्ठी, भ्रमण आदि विभिन्न सुविधाबाट लाभान्वित हुनुहुन्छ । यसले मजस्ता कैयन् साथीहरूलाई छुट्टै आनन्दको अनुभूति भएको हुनुपर्छ भन्ने लाग्दछ, यद्यपि आफू यसबाट अछुतै भएपनि ।

अझै पनि शिक्षकहरूलाई अन्य निजामती कर्मचारीसरहका सुविधा सरकारले उपलब्ध गराएको छैन । अझै पनि सरकार शिक्षकहरूलाई राष्ट्रसेवक मान्न उदासीन छ । यो हामी शिक्षकहरूमा निहित दलगत राजनीतिको प्रभावले गर्दा पनि हो भन्दा अतिशयोक्ति हुने छैन ।

आज शिक्षकहरू विभिन्न राजनीतिक दलका गुट–उपगुटका प्रवक्ता भइदिँदा शिक्षकहरू वास्तविक दिग्दर्शक होइन कि कसैको पिछलग्गु बन्न पुगेको गुनासो व्यापक रुपमा सुन्नमा आएको छ, जसले गर्दा शिक्षकहरूबाट उठ्ने गरेको आवाजले ठोस रुप धारण गर्न नसकेको आभास पाइन्छ । शिक्षकहरूको आवाज तब नै साकार हुन सक्नेछ जब देशभरका सबै शिक्षकहरू एक ढिक्का भई होस्टेमा हैंसे गर्नेछन् ।

यसका साथै हामी शिक्षकहरू पनि देशका सच्चा राष्ट्रसेवक रहेको दरो सन्देश प्रवाह गर्नका लागि हामीले आफ्नो कर्तव्य र दायित्व बहन गरी देशभरिका सर्वसाधारण जनता, किसान, मजदुरका छोराछारीहरूलाई स्तरीय शिक्षा प्रदान गरी गुणात्मक उत्पादनमा जोड दिन सकेमा पक्कै पनि सुनमा सुगन्ध हुन जानेछ हाम्रो पेशा ।

(प्रधानले विसं२०३७ देखि २०४० सम्म प्रथम नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको निर्वाचित अध्यक्ष भएर काम गरेका थिए ।)

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung