३ कार्तिक २०८३, सोमबार

 

बुर्तिबाङका एक युवा ५ दिनदेखि बेपत्ता

गत पाँचदिन देखि बुर्तिबाङका एक युवक बेपत्ता भएका छन् । ढोरपाटन नगरपालीका–५ मस्ति घर भई केहि वर्षदेखि बुर्तिबाङ बजारमा परीवार सँगै बस्दै आएका २१ वर्षिया सुनिल कँुवर शनिबार बिहान साढे ४ बजेदेखि घरबाटै बेपत्ता भएका हुन् ।

सामान्य मानसिक सन्तुलन गुमाएका कुँवर बिहानै घरदेखि भागेको र परीवारले आफन्तजन र बिभिन्न स्थानमा खोजि गर्दा हालसम्म फेला पार्न नसकिएको कुवँरका बाबा नेत्र कुँवरले बताए । डेढ वर्षदेखि सामान्य मानसिक सन्तुलन ठिक नभएका कँुवर घरमै बस्दै आएपनी अचानक घरदेखि भागेर जाँदा समस्या भएको परीवारले स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung