३ श्रावण २०८३, आईतवार

 

बुर्तिबाङमा धौलागिरी अञ्चल स्तरीय प्रथम मोहन स्मृर्ति ब्याडमिन्टन प्रतियोगिता सुरु

बुर्तिबाङ ब्याडमिन्टन क्लबको आयोजनामा बुधबार देखि प्रथम मोहन स्मृर्ति ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । २०६७ सालदेखि प्रत्यक वर्ष कार्यक्रम गर्दै आएको क्लवले यस वर्ष ब्याडमिन्ट खेलाडी तथा ढोरपाटन नगरपालीका प्रमुख देब कुमार नेपालीका छोरा मोहन नेपालीको सम्झनामा प्रथम मोहन स्मृर्ति ब्याडमिन्टन खेल सञ्चालन गरीएको हो ।

नेपाली २०५० भाद्र २५ मा जन्म भई २०६९ असोज २६ गते सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । उनि ब्याडमिन्टन खेलाडी रहेको र उनको सम्झनामा कार्यक्रम सञ्चालन गरीएको क्लवका अध्यक्ष ईन्द्र घर्तिले बताए । बुधबारदेखि सुरु भएको खेल २७ गते सम्म हुने कार्यक्रमको उद्घाटन बाग्लुङ सेवा समाज हङकङका अध्यक्ष राजेश श्रेष्ठले गरेका थिए ।

कार्यक्रम उद्धघाटनपछि बोल्दै प्रमुख अतिथी श्रेष्ठले बुर्तिबाङ क्षेत्रमा सञ्चालित ब्याडमिन्टन क्लवले खेल क्षेत्रको विकासलाई उचाईमा पुर्याउन सहयोग गरीरहेको बताउँदै संस्थालाई दिगो र पारदर्शि रुपमा जोगाएर राख्न क्लब सञ्चालक समितीलाई आग्रह समेत गरे ।कार्यक्रममा एकिकृत सेवाकेन्द्र प्रमुख जनक थापा, प्रहरी निरीक्षक कृष्ण राना, समाजसेवि झक शर्मा, बुतिबाङ स्थित वित्तीय तथा सरकारी गैर सरकारी संघसंस्थका प्रतिनीधि पत्रकार लगाएतको आतिथ्ता रहेको उद्घाटन सत्रको कार्यक्रम क्लब अध्यक्ष ईन्द्र घर्तिको अध्यक्षता, संस्थापक अध्यक्ष यामु पौविको स्वागत क्लव र सदस्य राम सुवेदीको सञ्चालनमा सम्पन्न भएको हो ।

त्यस्तै कार्यक्रमका अवसरमा डबल्स खुल्ला, सिंगल्स खुल्ला, बि लेवलको जुनियरमा १६ -१६ समुहको नाम दर्ता भएको संस्थापक अध्यक्ष यामु पौविले बताए । सञ्चालीत प्रतियोगिता धौलागिरी अञ्चल स्तरीय रहेको हो । ब्याडमिन्टन खेलसँग आबद्ध खेलाडिहरुको प्रतिभा प्रदर्शन तथा खेलको विकासका लागि उक्त खेलको आयोजना गरिएको बताइएको छ ।

प्रतियोगीताको खुल्ला मेन्स डबल्स तर्फ प्रथम हुनेले २५ हजार, द्धितिय हुनेले १५ हजार र तृतिय हुनेले १० हजार पुरस्कार रहेको छ । यस्तै मेन्स डबल्स कै बि समुहमा प्रथम हुनेलाई १५ हजार , द्धितिय हुनेलाई ८ हजार र तृतिय हुनेला ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । मेन्स सिंगल्स तर्फ प्रथम हुनेलाई २० हजार, द्धितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung