साहित्य गाेष्ठी मार्फत साहित्यलाई निरन्तरता दिने उदेश्यले बिद्यामन्दिर पुस्तकालय बागलुङ काे अायाेजनामा साहित्य गाेष्ठी शनिबार सम्पन्न भएको छ ।
भाषण रहित साहित्य गाेष्ठी अभियानमा राजेशचन्द्र राजभण्डारी, राम थापा अबिरल,काेपिला कडेल, गाेबिन्द सुवेदी ,मन्जु केसी,प्रेम मगर , सृजना कार्कि ,सुप्रिया सापकोटा ,दिनेश लगायतका साहित्य सर्जकहरूले अाफ्नाे रचना बाचन गरेका थिए । कार्यक्रममा राजबहादुर थापाले साहित्य लाई निरन्तरता दिन पुस्तकालयले चालेको काम सकारात्मक भएको धारणा राखेका थिए ।
कार्यक्रम संचालन बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले गरेका थिए । २००३ सालमा स्थापित पुस्तकालयले सबै खालका पाठकहरूलाई पुस्तकालय सेवा ई लाइब्रेरी सेवा बालबिकास केन्द्रमा अध्यन गर्ने सेवा दिदै अाएकाे पुस्तकालयले साहित्य उप समिति मार्फत प्रत्येक महिनामा एकपटक साहित्य गाेष्ठी गर्दै अाएकाे सचिव राम थापाले बताए ।























































































































































































