
टाउको दुख्ने लक्षण धेरै मानिसमा भए पनि यसलाई सामान्यरुपमा लिई दैनिकी चलिरहेको हुन्छ । टाउको दुखेको बेलामा दुखाइ कम गर्ने औषधि सेवन गरेर धेरैको दैनिकी चलिरहेको हुन्छ । दुखाइ कम गर्ने औषधीको सेवनले गर्ने नकरात्मक असरबाट पेटको समस्या देखा पर्ने आन्द्रामा घाउ हुने , अम्लपित्त बढ्ने , निन्द्रा नलाग्ने मृगौलामा समस्या आउनेजस्ता लक्षण पनि टाउको दुखाइसँगै देखा पर्न थाल्दछ । त्यसैले पहिलो कुरा त टाउको दुख्यो भनेर जतासुकैबाट विना चिकि त्सकको सल्लाह दुखाइ कम गर्ने औषधि सेवन गर्नुहुदैन । चिकित्सकको पर्रामशमा मात्र कुन औषधि र कुन अवस्थामा सेवन गर्ने हो , सोको जानकारी लिनु उचित हुन्छ । एकपटक चिकित्सकलाई देखाएपछि के कारणले टाउको दखेको हो र कस्तो परहेज अनि कस्तो कस्तो औषधिको सेवन गर्नुपर्छ भन्ने थाहा हुन्छ । जस्तै आँखाको समस्या भए आँखाको चिकित्सककहाँ जान सुजाउँछन् । कान या घाँटीको समस्या भए नाक कान घाँटीको चिकित्सक र मानसिक समस्या भए मानोचिकित्सकसँग जाने सल्लाह पाइने हँुदा टाउको दखिरहेको बिरामिले एकपटक जँचाउन जानु जरुरी हुन्छ । यसको मुख्य फाइदा भनेको अनावश्यक दुखाइ कम गर्ने औषधिको नकरात्मक असरबाट बच्नु अनि टाउको दुखाइको कारणको नै उपचार गराई सदाका लागी आरामदायी जीवन जिउनु हो ।