
निवर्तमान सांसद प्रकाश शर्मा पौडेल मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसबाट प्रदेश सभातर्फका प्रत्यक्ष उम्मेदवार हुन् । उनी बागलुङ निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेश सभा–२ को चुनावी मैदानमा छन् ।
पौडेल नेपाली काँग्रेस बागलुङका पुर्वसभापती समेत हुन् । उनले सडक पहुँच विस्तार र सुदृढिकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता मतदातासामु व्यक्त गरेका छन् । पौडेलले आफु विकासप्रेमि नेता भएको भन्दै नागरिकको जीवनस्तर सुधार गर्दै आर्थिक समृद्धिको बाटोमा आफ्नो निर्वाचन क्षेत्र र समग्र बागलुङ जिल्लालाई अघि बढाउन सँधै प्रयत्नशिल रहने प्रतिवद्धता व्यक्त गर्दै मत दिएर यी काम गर्ने अवसर दिन आग्रह गरेका छन् ।
पौडेलले आफु सांसद हुँदा र त्यसअघि नहुँदा पनि जिल्लाको विकास योजना निर्माण र परिचालनमा सक्रिय रहेको भन्दै आफ्नो पहलमा अघि बढेका बाँकी काम पुरा गर्ने जिम्मेवारी समेत आफ्नो रहेको बताएका छन् ।
यी हुन् सडकमा पौडेलका पाँच प्रतिबद्धता:
१. मालढुङ्गा पाक्जा कुश्मीसेरा राङखानी नाम्दुक बरेङ नयाँ बजार थप्लुङ, सल्यान सुखौरा भित्रिवन देउराली हुँदै हटिया सडक र सल्यान सुखौरा सिन्दुरघसे थालेपोखरा काँडेवास हटिया सडक विस्तार र सुधारलाई उच्च महत्व दिँदै सडकमा पर्ने मोटरेवल पुल र सडकको सुधार विस्तार डिपिआर तयार गरि कालोपत्रे पिचका लागि क्रमश प्रक्रिया अगाडी बढाउने ।
२. कालिगण्डकी करीडोर बागलुङ खण्डको करिब ३६ किमी सडकलाई १० मिटर चौडा बनाई दुई बर्ष भित्र डिपिआर तयार गरि कालोपत्रे पिचको काम अघि बढाउन पहल गर्ने ।
३. कुश्मिशेरा सर्कुवा विनामारे अर्जेवा जैदी छिस्ती वाईनकुना धुल्लुबाँस्कोट हुँदै बरेङ सडकलाई डिपिआर तयार गरि कालोपत्रे पिचको काम अघि बढाउने ।
४. पाक्जा पैयुँपाटा अमलाचौर, गिठेहुँदै कुश्मीसेर सडकलाई डिपिआर तयार गरि कालो पत्रेको काम अघि बढाउने ।
५. जैमिनी नगर र बरेङ गाउँपालिकाका प्रत्यक वडालाई रिङ रोडको सञ्जाल भित्र जोड्ने । निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेश–२ का हरेक वडाका केन्द्रसम्म स्तरीय सडक पुराउने ।
सडक बाहेक अन्य १४ प्रतिवद्धताहरु:
१. पाँच बर्ष भित्र आफ्नो प्रदेश सभा निर्वाचन भित्र सवै फलामका पोल पराउनेछु । नपुगेका ठाउँहरुमा केन्द्रीय लाईन विस्तार गरि उज्यालो गाउँ शहर अभियानलाई निरन्तरता दिँदै दिगो विद्यूतिकारणलाई अघि बढाउने छु ।
२. सवै स्थानीयवासीमा स्वच्छ पिउने पानीको पहुँच पु¥याउन एक घर एक धारा अभियान सञ्चालन गर्नेछु ।
३. बाल शिक्षादेखि उच्च शिक्षासम्म सवैको सहज पहुँच विस्तार गर्न भौतिक पुर्वाधार विकास गरि प्रविधियुक्त र व्यवहारिक शिक्षाका लागि पहल गर्नेछु ।
४. सर्वशुलभ स्वास्थ्य उपचार सेवाका लागि भौतिक पुर्वाधार निर्माण गरि सेवालाई थप प्रभावकारी बनाउने छु ।
५. प्रत्यक नागरिकलाई आधुनिक प्रविधियुक्त सञ्चार सेवा उपलब्ध गराउन पहल गर्नेछु ।
६. साना, मझौला र ठुला सिँचाई आयोजना निर्माण र सञ्चालनमा जोड दिई कृषि उत्पादकत्व वृद्धि गर्न पहल गर्नेछु ।
७. धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्वका थलोको पहिचान गरि गोरेटोबाटो, मठ, मन्दिर, मस्जिद, सामुदायिक भवनहरु, युवा, महिला, दलित, जनजाती र ज्येष्ठ नागरिकका भवनहरुको निर्माण र भवनसम्म यातायात पहुँच पुराउन पहल गर्नेछु ।
८. स्वास्थ्य सेवा सहितको ज्येष्ठ नागरिक भवन निर्माण गर्न पहल गर्नेछु ।
९. कृषि उद्योग शिक्षा स्वास्थ्य लगायतका क्षेत्रको विकास गरि वेरोजगार युवालाई रोजगारिको अवसर सृजना गर्दै स्वरोजगार उन्मुख व्यवसाय सञ्चालनमा जोड दिनेछु ।
१०. विभिन्न समुदायको सशक्तिकरण र क्षमता अभिवृद्धिका लगि तालिम गोष्ठी सञ्चालन गर्न पहल गर्नेछु ।
११. प्रविधि हस्तान्त्रण कार्यलाई प्राथमिकता साथ अघि बढाउन पहल गर्नेछु ।
१२. स्थानीय खेलाडीको क्षमता अभिबृद्धि गर्दै खेलकुद क्षेत्रको विकासमा पहल गर्नेछु ।
१३. एक घण्टा बढी पैदल हिड्नुपर्ने ठाउँमा लामा तथा झोलुङ्गेपुलहरु निर्माण गर्न पहल गर्नेछु ।
१४. बलेवा एयरपोर्टलाई कालोपत्रे पिच गरि हवाई सेवा सञ्चालनको लागि पहल गर्ने ।