४ श्रावण २०८३, सोमबार

 

चुनावले छोएन किसानलार्ई

पर्वत फलेवास नगरपालिका–५ खानीगाउँका दुर्गादत्त तिवारी मंसिर लागेसँग खेतीपाती थन्काउन व्यस्त छन् । उनी सँगै गाउँ अन्य ४÷५ जना कृषक पनि खेतीपाती थन्काउन व्यस्त देखिन्छन् । मुलुकमा पहिलो पटक प्रदेस/प्रतिनिधी सभाको निर्वाचन हुन लागेको छ । तर, यहाँका कृषकहरुलाई चुनावको रौनताले खासै छुन सकेको छैन ।

‘धान थन्काउन निकै चटारो छ, तिवारीले भने,–‘नेताहरु आउँछन् आश्वासन मात्र दिएर जान्छन्, काम एउटा गदैनन्,। उनीहरुका पछाडी लागेर हामी किसानलाई खान पुग्देन ।, ‘मौषमले पनि च्यालेन्ज गरेको बताउँदै खेतीपाती थन्काएर चुनाव प्रचारप्रसारमा हिँड्ने उनको भनाई छ,।’ ‘अव ३÷४ दिनपछि काम सकिन्छ, खेतालो तिर्न छ, लगभग १४÷१५ वाट चुनावी रौनकताले छुन्छ होला–तिवारीले भने,।’
धान उत्पादनको पकेट क्षेत्र मानिएको फलेवास क्षेत्रका नागरिकहरु धान काट्न र थन्काउनमा व्यस्त देखिन्छन् । प्रचार सामग्री बाटो–बाटोमा घन्कीए पनि यहाँका कृषकहरुमा चुनावको कुनै रौनक र उत्साह देखिदैन ।

विहादी गाउँपालिका–३ रानीपानीका कृषक हरि न्यौपाने पनि चुनावको रौनकताले खासै नछोएको बताए । ‘अव भोट हाल्दा ५ पटक हाल्छु,–न्यौपानेले भने– ‘हामी कृषकका समस्या कसैले सम्वोधन गदैनन् । हामी यिनीहरुका पछाडी किन दौड्ने हजुरले भन्नु त ?,।’ ‘पहिला–पहिला नेताहरुका पछाडी धेरै हिँडे, लडाई झगडा देखी जेल नेल सबै भोगे तर, उपलव्धी शुन्य छ–न्यौपानेले भने,।’ ‘यसपालीको निर्वाचनमा स्वच्छ छवी भएको,ईमान्दार कृषकका समस्या गुनासो सुन्ने र बुझिदिने उम्मेदवारलाई भोट हाल्छु तर, नेताहरुका पछाडी लागेर हिड्दिन्, उनले भने,।’

फलेवास नगरपालिका र विहादी गाउँपालिका सँगै जिल्लाका अन्य कृषकहरु पनि खेतीपाती थन्काउन व्यस्त छन् । काम भन्दा पनि आश्वासन बढि पाईने भएकाले यहाँका नागरिकहरुमा निराशपन बढ्दै गएको छ । सडक, सिँचाई, बिउबिजन जस्ता कृषकहरुका आधारभुत कुरामा धेरै आश्वासन मात्र सुनेका कारण पनि यहाँका कृषकहरुलाई चुनावको रौनकताले छुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung