७ जेष्ठ २०८१, सोमबार

 

ढोरपाटन भयो सुनसान, गाँउ झरे स्थानीय

बागलुङको पश्चिमि क्षेत्र ढोरपाटनमा चिसो बढ्दै जान थालेसंगै त्यस क्षेत्रमा बसोबास गर्दै आएका करिब १२ सय घर परिवार तल्लो गाँउ तर्फ झरिसकेका छन् । असोज महिनादेखि यस क्षेत्रमा जाडो बढ्दै जान थालेपछि मंसिरको पहिलो सातासम्म सबै वासिन्दा गाँउ झरिसकेको स्थानीय जनवादी आधारभुत विद्यालयका प्रअ देवबहादुर सुनारले बताए । यस वर्ष अझै हिमपात नभए पनि अत्याधिक चिसो बढ्दै जान थालेको सुनारले जानकारी दिए ।

आलु, ज्वाँतो, मकै, स्याउ लगाएका बाली भित्राई सकेपछि चिसोबाट बच्न र गाँउतिरको काम गर्नका लागि आफ्ना बाल बच्चा पुश चौपया, आलु, अन्नपात र स्याउ लिएर स्थानीयहरु गाँउ झरिसकेका छन । यति बेला ढोरपाटन सुनसान जस्तै भईसकेको छ । सबै वासिन्दा गाउँ झरिसकेपछि जिल्लाकै एकमात्र घुम्ति विद्यालय जनवादी आधारभुत विद्यालयका विद्यार्थीहरु पनि गाँउ झरेर ढोरपाटन नगरपालिकाको वडा नं ८ बोबाङमा पढ्न सुरु गरेको बताईएको छ ।

हाल कक्षा ६ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ३ सय ५० जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । अब गाउँ तिरै अध्ययन अध्यापन हुने र चैत्र महिनादेखि ढोरपाटनबाटै पुनह कक्षा सञ्चालन हुने विद्यालयका प्रअ देवबहादुर सुनारले बताए । सबै गाँउलेले ढोरपाटन छोडेपछि त्यस क्षेत्रमा रहेका सरसामान, अन्नपात, घाँस दाउरा र घरभित्र राखिएको आलु चोरी हुन नदिनका लागि प्रत्येक टोलले एक÷ एक जना चौकिदार राखेर झर्ने गरेका छन । चौकिदारले आलु र मकैको ज्यालामा कार्तिकदेखि फाल्गुन अन्तिम सातासम्म चौकिदार गर्ने शिक्षक सुनारले बताए ।

ढोरपाटन क्षेत्रको पाखाथर, नौथर, स्यालपाखे, नवि, गहुँखेत, काँसिबाङ, खुँङखोला, भुजि, मस, काङ लगाएतका सासिन्दाले ढोरपाटनको घरमा ताल्चा लगाएर गाउमा झर्ने गरेका हुन् । चैत्र महिनाको पहिलो सातादेखि आलु खेति गर्न ढोरपाटन जाने र वर्षातको समयमा आलु उत्पादन सँगै पशुचौपाया चरिचरणका लागि समेत ढोरमै बस्ने चिसो बढेपछि कार्तिक देखि चैत्र सम्म बोबाङ, अधिकारीचौर, निसी लगाएतका गाउँमा झरेर हिउँदे अन्नवाली स्याहार्ने, पशुचौपायाका लागि घास, दाउरा काट्ने लगाएतका काम गर्ने गदर्छन ।

यस पटक ढोरपाटनमा ढोरपाटन सामुदायिक होटल र स्थानीय दुई चारवटा होटल मात्रै सञ्चालनमा रहने तर आन्तरिक र बाह्य प्रर्यटक भने चिसोका कारण नजाने गरेको ढोरपाटन सिकार आरक्ष संरक्षणार्थ नेपाली सेनाका कर्मचारी इन्द शाहिले बताए । चिसो समयमा ढोरपाटनमा बस्दै आएका प्रहरी समेत बोबाङमा झर्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्