३० बैशाख २०८२, मंगलवार

 

विश्व एड्स दिवश मनाईयो: अञ्चल अस्पतालमा साढे ३ सय संक्रमित दर्ता

३० औँ विश्व एड्स दिवस बागलुङमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा शुक्रबार बिहान प्रभातफेरी तथा अन्तरक्र्रिया कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुलेसमुदायमा एचआइभी एड्स तथा यौन रोगको बारेमा जनचेतनाको स्तरमा सुधार ल्याउनुपर्ने बताएका थिए ।संक्रमितहरु तथा प्रभावितका लागी सामाजिक तथा आर्थिक पुनःस्थापनाको अभाव भएको भन्दै संक्रमितमा बढ्दै गएको परनिर्भरताको प्रवृत्ति समस्या तथा चुनौतीका रुपमा रहेको बताइएको छ ।

एचआईभी संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि फरक भएकाले यसको न्युनिकरण गर्नका लागी आर्थिक स्रोत तथा दिगोपनको व्यवस्थापन गर्दै जानुपर्ने उनीहरुको जोड थियो । कार्यक्रममा धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेण्ड डा.सागरकुमार राजभण्डारीले बैदेशिक रोजगारमा गएका व्यक्ति, असुरक्षित यौन सम्पर्कका कारण एच.आई.भि एड्स बढ्ने भन्दै यसलाई रोक्नका लागी सधैँ सुरक्षित यौन सम्पर्क गर्नुपर्ने बताए ।

धौलागिरी अञ्चल अस्पताल बागलुङमा हालसम्म ३ सय ४० जना संक्रमित दर्ता भएको बताइएको छ । जसमध्य १ सय ८० पुरुष र १ सय ६० जना महिला रहेका छन् । यस्तै १ सय ३१ जनाले एआरटी औषधी प्रयोग गरिरहेको, २४ जना अझै सम्पर्कमा नरहेको र १ सय ५ जना बाहिर रहेको पनि जानकारी गराइएको छ ।

हाल सम्मका संक्रमितहरु मध्ये ६१ जनाको मृत्यु भैसकेको छ । आर्थिक बर्ष ०७३÷७४ मा जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा अस्पतालमा स्वास्थ्य जाँच गराउन आएका ५ हजर ५ सयय ९० जना मध्य ३ हजार २ सय ९४ जनाको एचआईभी जाँच गर्दा २ जनामा एचआईभी संक्रमण भेटिएको बताइएको छ ।

कार्यक्रमको सञ्चालन जिल्ला जनस्वास्थ्य कार्यालयका देवप्रकाश घिमिरेले गरेका थिए । बागलुङ जिल्लामा जिल्ला स्वास्थ्य कार्यालय सहित धौलागिरी पोजेटिभ समुह निलहिरा समाज, एड्स हेल्थ कियर फाउण्डेसन लगायतका संस्थाले एचआईभी सम्बन्धी काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung