३ श्रावण २०८३, आईतवार

 

नेपाल-बंगलादेश बैंकको ४ शाखा विस्तार

नेपाल-बंगलादेश बैंकले विभिन्न ठाउँमा थप ४ शाखा विस्तार गरेको छ।

बैंकले हुम्लाको सिन्जा, धनकुटाको भेडेटार, तेह्रथुमको छथर र संखुवासभाको पाँचखपनमा शाखा स्थापना गरेको हो। भेडेटार साँगुरीगढीमा भने एटिएम बुथ पनि विस्तार गरिएको छ।

यी स्थानमा विस्तार गरिएका शाखाबाट ग्राहकले अत्याधुनिक बैंकिङ सुविधा सहजै लिन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले जानकारी दिए।

यी ४ शाखा विस्तारसँगै अब बैंकका सञ्जाल ५४, एक्सटेन्सन काउन्टर ५, ७ शाखारहित बैंकिङ सेवा र एटिएम बुथ ४८ वटा रहेका छन्।

नेपाल लाइभबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung