७ जेष्ठ २०८१, सोमबार

 

महोत्सव हेर्न आउँदै काठमाण्डौवासी बागलुङे

बागलुङ महोत्सव नजिकिदै गर्दा देशका विभिन्न स्थानबाट महोत्सव अवलोकन गर्नको लागि पर्यटकहरु आउन सुरु गरेका छन । महोत्सवले बागलुङका धार्मिक र पर्यटकिय क्षेत्रको घुमघाम गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि हुने भएको छ । त्यसै सिलसिलामा बागलुङ समाज कल्याण केन्द्र, काठमाडौबाट १ सय जनाको समूह २ ओटा एसी बसमा र अरु नीजि गाडीमा आउन लागेको बागलुङ समाज कल्याण केन्द्रका अध्यक्ष सुमन शाक्यले जानकारी दिए ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य ४ नम्बर प्रदेश महासंघका संयोजक संजीव कोईराला, प्रभु बैंकका सिओ अशोक शेरचन र ४ नम्बर प्रदेशका जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरु लगाएतका अतिथिहरु आउने उद्योग वाणिज्य महासंघका केन्दीय सदस्य निर्माणकुमार श्रेष्ठले बताए ।

महोत्सवको सबै तयारी पुरा भएको आयोजक उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष तथा महोत्सवका मुल संयोजक जयराम भारीले जानकारी दिए । महोत्सव यहि पौस १४ गतेदेखि सुरु भै २३ गतेसम्म संचालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्