७ जेष्ठ २०८१, सोमबार

 

भट्ट र पौडेलले गरे फोटो प्रदर्शनी अवलोकन

बागलुङ महोत्सवको आकर्षणका रूपमा रहेको फोटो प्रदर्शनीको अवलोकन महोत्सवका प्रमुख अतिथि तथा एनआरएनका अध्यक्ष भवन भट्ट र बागलुङ क्षेत्र नं दुईका प्रतिनिधिसभा सदस्य देबेन्द्र पौडेल सुनिलले गरेका छन ।फोटो प्रदर्शनीले बागलुङ जिल्लाको संभावना र सामर्थयको उजागर गरेको प्रमुख अतिथि भट्टले बताए ।

बागलुङ जिल्लाको पर्यटन, उर्जा, घरेलु उधोग, कृषि, पशुपालन, खानी र धार्मिक पर्यटनको बलियो संभावना बोकेको पहाडी जिल्ला भएको र त्यसको अभिव्यक्ति फोटोमा झल्किएको भट्टले जानकारी दिए । त्यसै गरि स्थानीय उत्पादन र संभावना फोटो प्रदर्शनी मार्फत उजागर गरेको अर्का अतिथि पौडेलले बताए ।

महोत्सव उद्घाटनसँगै धौलागिरी बहुमुखी क्याम्पसको ३ नम्बर हलमा आयोजित प्रदर्शनीलाई ठूलो संख्यामा स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, विद्यार्थी, व्यापारी, युवायुवती तथा विभिन्न स्थानबाट महोत्सव अवलोकनका लागि आएका सर्वसाधारणहरूले अवलोकन गरेको महोत्सव फोटो प्रदर्शनी संयोजक अर्जुन चोखालले बताए ।

प्रतिक्रिया दिनुहोस्