४ श्रावण २०८३, सोमबार

 

दूग्ध व्यवसायीहरुसंग अन्तरक्रिया

बेनीमा मंगलबार दूग्ध व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका अन्तरगत पशु सेवा शाखाको आयोजनामा भएको कार्यक्रममा दूग्ध उत्पादक कृषक, दूग्ध व्यवसायी, पशु सेवा र स्वास्थ्य प्राविधिकहरुबीच दूधको गुणस्तर र उत्पादन वृद्धिको विषयमा छलफल भएको थियो ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर मनबहादुर पुनले म्याग्दीमा दूध उत्पादनको अवस्था र दूधको उत्पादन तथा गुणस्तर वृद्धिका लागि अपनाउनुपर्ने रणनीतिको बारेमा जानकारी गराएका थिए । उनले बेनी नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन व्यवसायीक गाईभैसी पालनको विस्तार, नश्ल सुधार, आहराको विकास र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले नगरपालिकाबाट चालु आर्थिक वर्षमा पशु सेवाका योजना तथा कार्यक्रमका लागि १५ लाख रुपैया विनियोजन भएको जानकारी गराए । कृषक कमल पौडेलको अध्यक्षता र पशु स्वास्थ्य प्राविधिक सुभाष रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाको पशु स्वास्थ्य शाखाका प्रमुख पशु चिकित्सक जिवन आचार्यले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung