३२ असार २०८२, बुधबार

 

अर्नाकोट एयरपोर्ट स्थल बन्न उचित

ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको संगम स्थलको रुपमा रहेको पर्यटकिय स्थल अर्नाकोटमा एयरपोर्ट स्थल निर्माणका निम्ती सम्भव्यता अध्यनमा बिहिबारदेखि ईन्जिनियरीङ कार्य सुरु भएको छ । नागरिक उद्यन प्राधिकरणको ईन्जिनीयर टोलीद्धारा अर्नाकाटमा बनाउने भनिएको एयरपोर्ट स्थलको सम्भाव्यता, भौगोलिक अवस्था, आवश्यक क्षेत्रफलको लगत संकलन सुरु गरिएको हो । नँया प्रविधि ड्रोनको सहायताबाट सम्भाव्यता अध्यन सुरु भईरहेको छ ।

बिहीबारदेखि दुई दिनसम्म गरिने अध्यनका निम्ती नागरिक उड्यन प्राधिकरणका ईन्जिनीयर एयर पाईलट गुरुदत्त अधिकारी, सिविल ईन्जिनीयर उत्तम गौतम र सिविल ईन्जिनीयर स्मरण भट्टको ईन्जिीनियरीङ सर्भे कार्यमा सहभागिता रहेको हो । बिहीबार पहिलो दिनमा एयरपोर्ट स्थल बन्ने सम्भावित अर्नाकोट देउराली क्षेत्रको करिब एक हजार मिटर क्षेत्रको अध्यन गरिएको हो । जसमा करिब ६ सय ५० देखि ७ सय ५० मिटर लम्बाई र ७० देखि १ सय मिटर चौडा क्षेत्रफल रहेको क्षेत्र अति उत्तमस्थल रहेका कारण उक्त क्षेत्र एयरपोर्ट स्थल निर्माणका निम्ती धेरै उपयुतm क्षेत्र रहेको एयरपोर्ट ईन्जिनीयर गुरुदत्त अधिकारीले बताए ।

भौगोलिक तवरले क्षेत्रफल फिजारिएको स्थल भए पनि समतलको हिसाबमा करिब ७ सय मिटर आसपासको उक्त क्षेत्र प्रभावकारी रहेको बताउदै अध्यनन अनुसार १९ देखि २१ सिटसम्म क्षमताको जहाज ल्यान्ड गर्न सक्ने क्षमतावान एयरपोर्ट स्थल निर्माणका निम्ती बढि प्रभावकारी हुने उनले बताए । पुरानो पद्धती अनुसार दुई महिनाजती भौगोलिक अध्यनका लागि लाग्ने काम ड्रोनको सहायताले बिहिबार र शुक्रबार मै स्थलगत अध्ययन सक्ने र त्यस पछिको प्रक्रियामा ६ महिनाको समयमा आफुहरुले तयार पारिएको अध्यन प्रतिवेदन नागरिक उद्यन प्राधिकरणमा पेश गर्ने त्यसपछिको करिब ६ महिनाको समय नागरिक उड्यन प्रधिकरणले वातावणणिय प्रभाव मुल्याङ समितिको अध्यन टोलिलाई दिएपछि करिब १ वर्षमा अध्यन र प्राधिकरणको प्रकया सकिएसँगै त्यस पछिको समय प्रक्रियागत रुपमा जग्गा प्राप्ती, तारबार व्यवस्थापन, क्षेत्रफल व्यवस्थापन लगाएतका कार्यसँगै एयरपोर्ट निर्माणको कामलाई सरकारले अगाडि बढाउन मिल्ने बताए ।

बिहिबार पहिलो दिन भएको अध्यनकार्यमा ढोरपाटन नगरपालिका–२ अर्नाकोट र निसीखोला गाउँपालिका – ७ का स्थानीय वासिन्दाहरुको बाक्लो उपस्थिती रहेको थियो । आफ्नो क्षेत्रमा एयरपोर्ट बन्ने सम्भावना देखिएसँगै आफुहरु खुसी भएको भन्दै उनिहरुले एयरपोर्ट निर्माण अभियानमा सक्रियता पुर्वक भुमिका निर्वाह गर्दै आएका समाजसेवी एवम नेपाली काँग्रेसका नेता दोर्णकुमार कुवँर, ईनिजनीयर लगाएतको सहभागि टोलीलाई फुल माला र अबिरले स्थानीय महिला समुह र अर्नाकोट आधारभुत विद्यालय देउरालीद्धारा सम्मान समेत गरेका हुन् ।

‘धेरै पहिलेदेखि एयरपोर्ट बन्छ त भन्थे तर कस्ले बनाउने कसैको चासो थिएन् । आफ्नै गाउँठाउँका युवा नेता दोर्ण कुवँरले यति ठुलो काममा प्रयास गरेका कारण उनले यस क्षेत्रका जनताको माग र आवश्यताको रुपमा रहेको एयरपोर्ट स्थल निर्माण कार्यलाई पक्कै पनि पुरा गरेर छोड्नुहुनेछ । हामी पूर्ण आशामा छौँ’ स्थानीय धनबहादुर थापाले भने ।
आफुहरुले अर्नाकाटमा एयरपोर्टको सम्भाना छ भन्ने धेरै गुनगान गरिए पनि पछिल्लो समय ईन्जिनीयर सहितको टोली आएर सर्वेगर्दा आफुहरु एयरपोर्ट स्थल बन्नेमा विश्वस्त रहेको स्थानीय समाजसेवि लालबहादुर कुवँरको भनाई छ ।

गत आर्थिक वर्ष २०७३/७४ मा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति एवम युवा नेता दोर्णकुमार कुवँरद्धारा एयरपोर्ट सर्वेका निम्ती नागरिक उद्यन प्राधिकरण मन्त्रालयमा निरन्त माग गर्दै आएपछि मन्त्रालयले सर्वेका लागि ४० लाख बजेट विनीयोजन गरेको थियो । एयरपोर्ट स्थलको सर्वे कार्य सुरु भईसके पछि उनले स्थानीयसँग बोल्दै आफुले कुनै पनि काम बोलेपछि पुरा गर्ने भएका कारण जुनकुनै तवरबाट पनि सबैसँग समन्वय गरेर यस क्षेत्रलाई प्रर्यटकि र यातायातको क्षेत्रमा माथि उकास्न अर्नाकोटमा एयरपोर्ट स्थल बनाएरै छोड्ने प्रतिबद्धता समेत जनाए ।

ईन्जिनीयर टोलीले समेत अर्नाकोटलाई एयरपोर्ट स्थल बनाउन सकिने सम्भावित क्षेत्र रहेका कारण प्रक्रियागत तवरले अगाडि बढेर यस क्षेत्रका नागरिकको चासोको विषयलाई पुरा गर्न सबैले सहयात्रा गर्दा सम्भब रहेको बताएका छन् ।समभाव्यता अध्यनको क्रममा निसीखोला गाउँपालिका प्र्रमुख तारानाथ पौडेल, वडा नं २ का अध्यक्ष कुविर विक, स्थानीय समाजसेवि, बुद्धिजिवी, पत्रकार, स्थानीय वासीलगाएतको व्यापक उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung