३० बैशाख २०८१, आईतवार

 

अवैधरुपमा ल्याएको सुनसहित यसरी परे प्रहरीको फन्दामा

अवैधरुपमा कतारबाट ल्याएको २६५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

गोरखाको च्याङ्गली घर भएका विज्ञान नेपाली र पाल्पाको साटिने घर भएका गुणबहादुर सारुलाई लुकाइछिपाइ ल्याएको करिब २६५ ग्राम सुनको चार थान बालासहित प्रहरीले पक्राउ गरेको हो ।

विदेशबाट आउने व्यक्तिले बढीमा ५० ग्रामसम्मको सुनका गरगहना मात्रै आफ्नो साथमा ल्याउन पाउने कानूनी व्यवस्था रहेको छ ।

दोहाबाट काठमाडौँ आएका उनीहरुका साथमा रहेको सो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले बरामद गरेको हो ।

रासस

प्रतिक्रिया दिनुहोस्