१२ कार्तिक २०८३, बुधबार

 

सहकारी प्रतिको आकर्षण बढाउन संघहरुको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड

राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारी क्षेत्रप्रति जनताको आकर्षण बढाउनका लागि जिल्लामा क्रियाशिल सहकारी संघहरुको भूमिका नेतृत्वदायी र प्रभावकारी हुनु पर्नेमा जोड दिनु भएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको दशौ वार्षिक साधारणसभाको शविनार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।
सहकारी क्षेत्रको प्रवद्र्धनका लागि संघहरुलाई सक्षम बनाउन संस्थाहरुको सहयोग र संघहरुको समन्वयकारी भूमिका जोड दिदै जिसीले आम जनतामा सहकारी प्रतिको आकर्षण बढाउनका लागि नेतृत्वदायी भूमिका जिल्लामा रहेका सहकारी संघहरुले खेल्नु पर्नेमा जोड दिनु भएको हो ।
सहकारीका सदस्यहरुलाई आयआर्जन गर्न, वचत गर्न तथा उत्पादन कार्यमा लाग्न प्रारम्भिक सहकारी संस्थाहरुको भूमिका प्रभावकारी बन्दै गएको भन्दै उहाँले प्रारम्भिक सहकारीहरुले सदस्यको उत्पादन संकलन गरिदिने र त्यसको बजारीकरणको व्यवस्थापन जिल्ला संघहरुले गर्न सके सहकारीप्रति जनताको आकर्षण बढ्ने र आर्थिक समृद्धि समेत हुने जिसीको भनाइ थियो ।
कार्यक्रममा वचत तथा ऋण सहकारी संघ म्याग्दीका अध्यक्ष अमृता भण्डारी, जिल्ला समन्वय समिति म्याग्दीका सदस्य शेरबहादुर केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक बिखर्ची)को अध्यक्षता, सचिव रामप्रसाद सुवेदीको सञ्चालन र कोषाध्यक्ष जमुना आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।
साधारणसभाले सचिव सुवेदीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
यसैबीच साधारणसभाले प्रेमबहादुर कार्की (दिपक बिखर्ची) को अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा ज्ञानप्रसाद सुवेदी, सचिवमा ज्योती लामिछाने, सहसचिवमा यामबहादुर खड्का र कोषाध्यक्षमा सुरेन्द्रराज शर्मा चयन हुनु भएको छ ।
समितिका सदस्यहरुमा यामबहादुर बाँनिया, रुद्रबहादुर रेग्मी, तेजकुमारी बाँनिया, निशा महत र देवीप्रसाद शर्मा रहनु भएको छ । साधारणसभाले भीमप्रसाद गौतम संयोजक तथा अमृता भण्डारी र मुक्तिप्रसाद सुवेदी सदस्य रहेको लेखा समिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung