४ श्रावण २०८३, सोमबार

 

बरेङको पर्यटन, कृषि र घरेलु उत्पादनलाई व्यवसायीकरण गरौंः ढुङ्गाना

मनकामना युवा क्लब बरेङ गाउपालिका सिग्दी बागलुमा २६ औँ वार्षिक उत्सव तथा माघिमेलाको कार्यक्रमको सोमबार उद्घाटन भएको छ । उद्घाटन पछी बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले यस गाउपालिकालाई पर्यटन, कृषि, उर्जा तथा घरेलु उत्पादनलाई व्यवसायीकरण गर्न र लगानी मैत्री वातावरण तयार गर्न स्थानीय नेतृत्वलाई अनुरोध गर्नु भएको थियो ।

माघि मेलाको अवसरमा मनकामना युवा क्लवको आयोजना र नेत्र ज्योति संघ आँखा उपचार केन्द्र उपल्लाचौर बागलुङको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर संचालनसमेत गरिएको थियो । शिविरमा १ सय ९० जनाले सेवा लिएका थिए ।


कार्यक्रममा बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रशाद शर्मा, बरेङ गाउपालिका उपाध्यक्ष दिल कुमारी पुन, बरेङ गाउपालिका वडा नं १ अध्यक्ष नरसिंह पुन, शिक्षक महासंघ बागलुङका अध्यक्ष कृष्ण प्रशाद आचार्य, सर्बोदय माबिका प्रधानध्यापक चित्र थापा, सामुदायिक रेडियो बिहानीका स्टेशन को—अर्डिनेटर प्रकाश छन्त्याल, ईलाका प्रहरी कार्यलय बरेङका प्रहरी सहायक निरिक्षक धन बहादुर थापा, समाज सेवी कलाधर थापा, देवीराम गलामी, दयाराम थापा लगायतको उपस्थिती रहेको कार्यक्रममा ,सर्बोदय क्याम्पस बरेङका प्रमुख फुलकुमारी शर्माले शुभकामना मनत्ब्य राख्नु भएको थियो ।

कार्यक्रम वार्षिक उत्सव तथा माघिमेलाका संयोजक मिन बहादुर पुनको अध्यक्षता, पुर्वअध्यक्ष हिरा पुनको स्वागत र क्लवका अध्यक्ष मोहन पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।  यस्तै मनकामना युवा क्लब बरेङ गाउपालिका वडा नं २ सिग्दी बागलुङले आयोजना गरेको २६ औँ वार्षिक उत्सव तथा माघिमेलामा कृषि तथा हस्तकला प्रर्दशनि प्रतियोगिता समेत सम्पन्न भएको छ ।

कृषि उपजतर्फ टमाटरमा बरेङ गाउपालीका २ गेरुढुङगाका तेज बहादुर पुन उत्कृष्ट भएका छन । त्यस्तै काउलीमा बरेङ गाउपालीका जिमिरेकी मन्जु पौडेल उत्कृष्ट भएकी छिन, मुलामा बरेङ गाउपालीका २ दलेङका पुर्ण भद्र पौडेल उत्कृष्ट भएका छन । त्यस्तै बन्दागोबीमा कालीगण्डकी गाउपालकिा ७ धुवाखोलाका कृष्ण पुन उत्कृष्ट भएका छन । सुन्तला तर्फ बरेङ गाउपालीका ३ नयाँबजारका गणेश सुवेदि उत्कृष्ट भएका छन । त्यस्तै तरुलमा बरेङ गाउपालीका १ कोकलदिपका खेम बहादुर र्घिर्त मगर उत्कृष्ट भएका छन । फर्सिमा बरेङ गाउपालीका १ झुलेका संगिन पुन प्रथम भएका छन भने बरेङ गाउँपालिका १ आरुपाटाका भुवन थापा द्धितिय भएका छन ।

त्यस्तै खसिमा बरेङ गाउपालीका १ भाटी बजारका दिपक आर्चाय प्रथम, भएका छन । त्यस्तै बरेङ गाउपालीका १ सिलामारीका कियरसिँह रम्जाली मगर द्धितिय भएका छन । बोकामा बरेङ गाउपालीका २ खत्रीटोलाका देव बहादुर खत्री प्रथम, बरेङ गाउपालीका १ भिउडाडा डिबि थापा द्धितिय भएका छन । कुखुराको भाले तर्फ बरेङ गाउपालीका १ भिउडाडाका डिबि थापा प्रथम भएका छन ।


त्यस्तै हस्तकला प्रदशनतर्फ काठको तिर तर्फ कालीगण्डकी गाउपालीका ७ धुवाखोलाका कृष्ण पुन प्रथम भएका छन,त्यस्तै बरेङ गाउपालीका १ चित्रेका मनोज पौडेल काठको गोठमा द्धितिय भएका छन ।

हस्तकलाको चोया को डोको तर्फ बरेङ गाउपालीका १ सिलामारीका कमान सिंह प्रथम, बरेङ गाउपालीका १ पाटलाका लाल बहादुर सुनार कुचो द्धितिय भएका थिए । हस्तकला प्रदशनतर्फ धागोको धकीयामा बरेङ गाउपालीका २ सिग्दीका रन बहादुर पुन प्रथम भएका छन । कृषि तथा हस्तकला प्रर्दशनि प्रतियोगिताको सम्पुर्ण पुरस्कार बिहानी बहुउदेश्यिय सहकारी संस्था लिमिटेड बरेङ बागलुङले बर्षेनी प्रायोजन गर्दै आईरहेको छ ।

साथै सोमबार पुरुष भलिबल प्रतियोगिता खेल प्रथम चरण मै स्थगित गरि भोली बिहान ८ बजे देखी संचालन हुने आयोजकले जनाएको छ । सोमबार माघे संक्रान्तीका दिन राष्ट्रीय तथा स्थानीय कलाकारहरु पुर्ण परियार,शाबित्रीजोशी,हास्य कलाकार राजा राजेन्द,अमृता नेपाली,शितल शर्मा,गोबिन्द श्रीस,बिरेन्द्र श्रेष्ठ लगाएतको बेजोड प्रस्तुति रहेको थियो भने भोली लाक गायक बिष्णु खत्री ज्योती लोहनी,हास्य कलाकार मनोज गजुरेल लगायतको प्रस्तुती रहने क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung