बागलुङ अहिले व्यापार व्यवसायको उर्वर क्षेत्रको रुपमा विकास हुँदैछ । यहाँको आर्थिक बजारलाई चलायमान बनाउन बैंक तथा सहकारीहरुको महत्वपूर्ण योगदान रहेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए ।
उनले सिद्धार्थ बैंकको उद्घाटन मन्तव्यको क्रममा यस्तो बताएका हुन् । भारीले बागलुङको आर्थिक विकासमा सिद्धार्थ बैंकको पनि महत्वपूर्ण योगदान र सहकार्य रहने बताए ।
बागलुङलाई व्यवसायीक केन्द्र बनाउन बैंकले सहकार्य गर्ने– कँडेल
सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकारी सुन्दर कँडेलले बागलुङलाई व्यवसायीक केन्द्र बनाउन आफ्नो बैंकले सहकार्य गर्ने बताए । ‘बागलुङ जिल्ला व्यापार व्यवसायको हिसाबले पौराणिक बजार हो । बागलुङमा रेमिट्रान्स, उर्जा, व्यापार, पर्यटन, साना व्यवसाय, उद्योग, कलकारखान, घरेलु उद्योग, कृषि, पर्यटन, शिक्षा, पशुपालन लगाएतका व्यवसायीक संभावना र सामथ्र्य भएको जिल्ला हो’ कँडेलले बताए । त्यसै गरी बैंकले साना व्यवसायी र युवा व्यवसायीहरुलाई लक्षित गरेर सानो व्यवसायी कर्जा छिटो छरितो तरिकाले दिने व्यवस्था समेत गरेको कँडेलको भनाई छ ।

गत मंसिर २१ गतेदेखि सिद्धार्थ बैंक बागलुङमा
गत मंसिर २१ गते बागलुङ बजारको लोकतान्त्रिक चोकमा कार्यालय स्थापना गरि सेवा दिँदै आएको हो । ‘हामीले सबै खालको आर्थिक कारोबारको लागि बैंकको तर्फदेखि राम्रो सेवा दिन कतिबद्ध छौ’ शाखा प्रबन्धक सुजित भारीले बताए । ‘उद्योगी, व्यवसायीको माग र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले बागलुङ बजारबाट व्यवसायिक कर्जा, साना मझौला कर्जा, घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा लगाएतको बैंकिङ सेवा सुविधा दिन हामी लागि रहेका छौ’ भारीले भने ।
सिद्धार्थ बैंकको सोमबार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारी रिबन काटेर र सिद्धार्थ बैंकका संचालक समितिका सदस्यद्वय वीरेन्द्र कुमार शाह र दिनेश शंकर पालिखेले दिप प्रज्वलन गरेर संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
विगत १५ वर्ष अगाडी स्थापना भएको यस बैंकको ९५ ओटा शाखा रहेको सहायक प्रमुख कार्यकारी अधिकृत सुन्दर कँडेलले जानकारी दिए । 
९९ शाखा रहित बैंकिङ सेवा
यस बैंकको शाखा पूर्वमा ताप्लेजुङ, सगरमाथा अंचलको नाम्चे बजारदेखि पश्चिममा टिकापुरसम्म स्थापना गरेको छ । उक्त बैंकले ९९ वटा शाखा रहित बैंकिङ सेवा दिदै आएको छ । यो सेवा पश्चिमको दैलेखदेखि सुरु भएको हो । ।
अहिले यो बैंकले विशेष गरी उर्जा, व्यापार, पर्यटन, साना व्यवसाय, उद्योग, कलकारखान, घरेलु उद्योग, कृषि, पर्यटन, शिक्षा, पशुपालन लगाएतका क्षेत्रमा कर्जाको व्यवस्था छ ।
बैंकको ५ लाखभन्दा बढी ग्राहक
त्यस्तै बैंकले मोबाईल बैंकिङ सेवाबाट पानी, विद्युत र टेलिफोन लगाएतको महशुल भुक्तानी र कुनै सामान खरिद गर्न परेमा १० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । अहिले यस बैंकको ५ लाख भन्दा बढी ग्राहक रहेका छन् । 
७७ अर्ब कर्जा र ८७ अर्ब बचत
बैंकको २०७४ पौष मसान्तसम्म ७७ अर्व कर्जा र ८७ अर्व बचत गर्दै आएको बताईएको छ । अब लगत्तै बैंकले ४÷५ ओटा स्थानीय तहहरुमा शाखा बिस्तार गर्न लागेको छ ।















































































































































































































