बागलुङ । नेपालकै प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको व्यवस्थापन गर्ने संस्था कालिका भगवती गुठीको अध्यक्षमा रामबहादुर खड्का ‘रमेश’ नियुक्त भएका छन्।
गुठी संस्थानले बिहीबार अध्यक्ष खड्कालाई जिम्मेवारीसम्बन्धी पत्र पठाएको हो। आफूलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको खड्काले नयाँ विश्वलाई जानकारी दिनुभयो।
गुठीको सचिवमा निशान खड्का, कोषाध्यक्षमा सचिन खड्का तथा महिला सदस्यमा विद्या खड्का र मनकुमारी खड्का चयन भएका छन्।
यसअघि २०८२ माघ २ गते भूपेन्द्र खड्कालाई कालिका भगवती गुठीको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको थियो।
















































































































































































