२७ भाद्र २०८३, शनिबार

 

पञ्चकोटलाई धार्मिक पर्यटन गन्तव्यको रुपमा विकास गर्नेछौं –शर्मा

विश्वशान्ति सर्वसिद्धधाम पञ्चकोटलाई धार्मिक पर्यटन गन्तव्यको रुपमा विकास गर्ने पञ्चकोटका प्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्माले बताएका छन । नयाँ विश्व अनलाईनसगँको कुराकानीको क्रममा उनले यस्तो बताएका हुन ।
यस क्षेत्रलाई धार्र्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न लक्ष्यका साथ सुरुवात गरिएको यस स्थानमा अहिलेसम्म गण्डकी माताको मन्दिर, शिसमहल, हनुमानको मुर्ती, अतिथी गृह, रेलिङ सहितको पैदल बाटो, विश्वशान्ति कलश परिक्रमा मार्ग, पंचकोट परिसारमा जाली तथा पर्खाल लगाउने कार्य,खानेपानी ट्याङ्की निमार्ण धारापानीदेखि स्वामीको जन्मस्थल हुदै पञ्चकोट जाने बाटो निर्माण लगाएतका कार्य सम्पन्न भैसकेको प्रतिनिधी अध्यक्ष नगेन्द्र शर्माले जनाएका छन ।

त्यसैगरी पञ्चकोट मध्येको एक कारीकोटमा सत्तल सहितको मन्दिर, माझकोटमा विश्राम स्थल निमार्ण, निमार्ण कार्य सम्पन्न तथा गौवंश संरक्षणको लागि गण्डकी गोपाल गौशाला मालिकामा व्यवस्थित गोठ निर्माण गरि गौशाला संचालनमा आएको छ ।
यहाँ २०७१ सालदेखी अहिले सम्म ७३ सम्म ३ बटा महायज्ञ सम्पन्न भैसकेका छन । यस बर्ष पनि महायज्ञ लगाउने तयारी भैराखेको धामका महासचीव बसन्त कुमार श्रेष्ठले बताए । मुख्य गरी धौलागिरी बासी, देशैभरका श्रद्धालु भत्तजन तथा विभित्र विषयगत मन्त्रालयहरू, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय ,भु( संरक्षण) कार्यालय ,खानेपानी डिभिजन कार्यालय ,सडक डिभिजन कार्यालय ,जिल्ला समन्वय समिति, बागलुङ बागलुङ नगरपालिका, पर्यटन कार्यालय पोखरा, ,व्यवसायीहरू, दानवीर, समाजसेवीको ठुलो सहयोगमा काम अगाडि बढेको र अवका दिनमा पनी यसरीनै सवै क्षेत्रको सहयोग रहिरहनेमा आफु विश्वस्त रहेको प्रतिनिधि अध्यक्ष शर्माको भनाई रहेको छ ।
अहिलेसम्म निर्माण सम्पन्न भैसकेका शिस महल, गरुड नारायणको मन्दिर ,हनुमानको मुर्ती लगाएतका भैतिक पुर्वधारहरुको अवलोकन गर्न दैनिक ४–५ सयको हाराहरीमा पर्यटक तथा भक्तजनहरु आउने गरको उनको भनाई छ ।
वि.स. २०७० सालको भान्सा धनधान्याञ्चलको क्रममा स्वामी कमलायनाचार्य लिएको सतसङकल्पमा निर्माण थालिएको विश्वशान्ति सर्वसिद्ध धाम पञ्चकोटमा हालसम्म करिव १५ करोड बरावरको निर्माण कार्य सम्मन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung