२७ भाद्र २०८३, शनिबार

 

पर्यटकको पर्खाइमा गाजाँ दह धुरी

बागलुङको जैमुनि नगरपालिका वडा नं. २ पर्ने पर्यटकीय स्थल गाजाको दहको प्रचार प्रचार तथा संरक्षणको अभाव आन्तरिक तथा बाह्य पर्यटकको गनतव्य बन्न सकिरहेको छैन ।

समुन्द्री सतह देखि २८ सय मिटर उचाइमा रहेको गाजाको दह जैमुनि नगरपालिका, गल्कोट नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउपालिको सिमाना जोडिएको छ ।

बागलुङको अग्लो स्थानमा रहेको गाजादह संरक्षण तथा सामुदायिक विकास केन्द्र बागलुङले ५ बर्षभित्रको गुरुयोजना बनाएको थियो । सोही अनुसार आर्थिक वर्ष ०७३÷७४ पर्यटन कार्यालय पोखराको रु ४ लाख र स्थानीय जनसहभागीता रु ८० हजार गरी ४ लाख ८० हजारमा रिटेनिङ वाल तथा रेलिङ निर्माण भएको गाजाको दह संरक्षण समितिको अध्यक्ष गोपाल छन्यालले बताए ।

डोजर लगाएर दह फराकिलो बनाउदाँ पानीको मात्र कम देखिएको गाजाको दह संरक्षण समितिका सदस्य छविलाल पुनले वताए ।

पर्यटकिय सम्भावना वोकेको दह तथा गाजाको धुरीमा भौतिक पुर्वाधार निर्माण हुन नसक्दा पर्यटन प्रर्वदन हुन सकेको छैन ।

पर्यटन प्रर्वदनको लागी आवश्यक पुर्वाधारको विकास हुन नसकेका कारण आन्तरीक तथा वाहिय पर्यटक भित्राउन नसकेको स्थानिय वासीहरुको भनाई छ । गाजाको दह क्षेत्रमा होमस्टेको व्यवस्था भएपनि वाह्यि पर्यटक आउन सकेका छैनन् ।

दह क्षेत्र बाट धौलागिरी माछापुच्छ«े लगाएतका हिमश्रृखला, लालीरासको जंगलका साथै बागलुङ,पर्वत म्याग्दी,कास्की,श्याङजा गुल्मी जिल्लकाको पहाडी भुगोलको अवलोकन गर्न सकिन्छ ।

फोटो : दिनेस जि सी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung