४ श्रावण २०८३, सोमबार

 

चेको छोराछोरीको निम्ति अन्तिम पत्र

प्यारा हिल्डिटा, एलिडिटा, क्यामिलो र अर्नेस्टो
तिमिहरुले एकदिन यो पत्र पढ्नेछौ, तर त्यस बेलासम्ममा म मरिसकेको हुनेछु । तिमिहरुले मलाई राम्र्ररी सम्झन पनि सक्दैनौ र कान्छोले त मलाई बिर्सीनै सकेको हुनेछ ।
तिमिहरुको बुबा आफुलाई जे राम्रो लाग्यो त्यही गर्ने मान्छे हो र आफ्नो विचारमा कटिवद्ध मान्छे पनि ।
राम्रो क्रान्तिकारीको रुपमा हुर्क, बढ, बन । प्राविधिक ज्ञानको निम्ति अध्ययन गर, जस्ले प्रकृतिलाई समेत वशमा ल्याउँछ । क्रान्ति महत्वपुर्ण भन्ने कुरा सम्झि राख र हामीलाई एक अर्काबाट अलग्याउने धन केही होइन भन्ने कुरा नबिर्स ।
यो बाहेक जीवनको विविध पक्षमा संवेदनशिल होऊ, संसारमा जहाँ कहीँ र जो कोहीबाट हुने अन्यायको विरुद्ध आवाज उठाऊ ।
सधै तिमिहरुको
फेरि भेट्ने आशा सहित
प्यारो चुम्बन
उही तिमीहरुको बुबा चे ग्वेभारा

(चेको छोराछोरीको निम्ति अन्तिम पत्र )

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung