२९ असार २०८२, आईतवार

 

गल्कोटमा रहेको पुर्नकोटको संरक्षण अभियान सुरु

गल्कोट नगरपालिका ३ हटियामा रहेको पुर्नकोटको संरक्षण सुरु गरिएको छ । मल्लकालिन समयमा राजाहरुको बसोवास रहने गरेको सो स्थान पछिल्लो समय झाडीको रुपमा परिणत हुदै गैरहेको थियो । आन्तरिक तथा बाह्य पर्यटकको लागि राम्रो गन्त्यव्य स्थल हुन सक्ने सो स्थानको संरक्षणको लागि अहिले गलकोट नगरपालिका वडा नं. ३ का अध्यक्ष विरजंग भण्डारी सो अभियानमा लागेका छन ।

“यस स्थानमा विषेश गरि हामीले पिकनिक स्पटको रुपमा विकास गर्न गइराखेका छौ” भण्डारीले भने । अध्यक्ष भण्डारीले गलकोट क्षेत्रकै पुरानो कोट भएकाले यसलाई पुर्नकोट भनिएको हो, संरक्षणको अभावमा यसको महत्व हराउदै गएको थियो । तर अहिले यहाँ राम्रो पिकनिक स्पटको रुपमा विकास गर्न सक्ने देखेर हामीले पहल गरिरहेका छौ उनले भने ।


यहाँबाट गलकोट क्षेत्रका माथिल्लो भेगका सवै स्थानका साथै हिमालि दृष्य पनि देखिने भएकाले यसलाई पिकनिक स्पट बनाउन उपयुक्त ठानेको भण्डारीले वताए ।

अहिले यस कोटसम्म मोटरबाटो, पानी, जमिन सम्माउने, विश्रामस्थल तथा शौचालय अहिले निमाणाधिन अवस्थामा रहेको छ । अहिले नगरपालिकाको २ लाखको सहयोगमा कार्य भैराखेको जनाइएको छ ।


साथै यहि चैत्र १०र ११ गते यहाँ विषेश (पिकनिक,क्याम्प फायर) कार्यक्रम हुन लागेको र सो कार्यक्रमा आउने पर्यटकहरुलाई बस्न तथा दाउरा पानीको व्यवस्था मिलाईदिनुका साथै रमणीयस्थलमा बसेर स्थानिय परिकारको स्वादलिन चाहाने हरु सम्पुर्णलाई एक पटक यस पुर्नकोटमा आउन भण्डारीले आग्रह समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung