२७ भाद्र २०८३, शनिबार

 

ऐतिहासिक एवं प्रसिद्ध क्षेत्र संसारकोटमा हरिकिर्तन

बागलुङको ऐतिहासिक एवं प्रसिद्ध क्षेत्र संसारकोटमा राम नवमीको अवसर पारी हरिकिर्तन गरिएको छ ।
बा.न.पा. ७ तितौरे, बाटुले, गैरागाउँ, दानबिसौना एवं माझकोटका स्थानियबासीहरुको उपस्थितिमा आईतबार भजन संकिर्तन गरिएको स्थानिय मान बहादुर कार्कीले जानकारी दिए । बैद्धिक सनातन धर्म अनुसार रामनवमीको अवसर पारी करिब १५० जना स्थानियहरुको उपस्थितीमा पुजाअर्चना, हरिकिर्तन, रुद्रिनारायण पाठ गरिएको होे ।
पञ्चकोट मध्येको संसारकोटमा अनन्तश्री विभूषित मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यको अगुवाईमा मोक्ष लक्ष्मी कोट निर्माण गरिने भएपछि स्थानियहरुको जागरुतामा धार्मिक तथा पर्यटकीय स्थलको निर्माण गर्ने उद्देश्यका साथ धार्मिक क्रियाकलाप संचालन गर्न लागिएको हो ।
उक्त क्षेत्रमा मोक्ष लक्ष्मी कोटका साथै सत्तल एवं धार्मिक संरचनाहरु निर्माण गरिने मन्दिर निर्माण समितिका अध्यक्ष धन बहादुर कार्कीले जानकारी दिए । उक्त मन्दिर निर्माणका लागि हालसम्म करिब ८ लाख रुपैयाँको चन्दा संकलन भइसकेको र आगामी दिनमा पनि चन्दा संकलन कार्यलाई निरन्तरता दिने बताउँदै सबैलाई सक्दो सहयोग गर्न समितिले आग्रह गरेको छ ।
नेपाल एकिकरण हुनुभन्दा पहिले बाइसे चौबिसे राज्य मध्येको एक शक्तिशाली राज्य संसारकोटकोटबाट तत्कालिन पाल्पा राज्य, म्याग्दीको राखु पुला, ज्यामरुककोट क्षेत्र, पर्वतको मल्लाज, बागलुङको सिगाना रानीभुमे, बिहुँकोट र बागलुङका विभिन्न क्षेत्रहरु शासन हुने गरेको किम्बदन्ती पाईन्छ ।
सात राज्यहरुको भेला तथा सम्मेलन बस्ने भएकाले उक्त क्षेत्रलाई संसारकोट भनिएको समेत स्थानीय अगुवाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung