२६ असार २०८२, बिहीबार

 

लायन्स क्लब धौलागिरिको अध्यक्षमा बसन्त श्रेष्ठ

लायन्स क्लब अफ धौलागिरि बागलुङले लायन बर्ष २०१८/२०१९ को लागि बसन्त कुमार श्रेष्ठलाई सर्बसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ ।

क्लबको बैठकले प्रथम उपाध्यक्षमा राजन कुमार शाक्य दितीय उपाध्यक्षमा जयराम भारी तृतीय उपाध्यक्षमा तालबहादुर कुवँर सचिवमा मुकेशचन्द्र राजभण्डारी कोषाध्यक्षमा गणेश महतोलाई चयन गरेको लायन्स क्लबका अध्यक्ष शशि कपुर श्रेष्ठले बताए ।बागलुङ उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष समेत रहेका श्रेष्ठले बागलुङ जिल्लामा सकारात्मक र रचनात्मक काम सबैको सहयोग र समर्थनमा गर्ने बताए ।

हामी सेवा गर्छौं भन्ने उद्देश्यले स्थापना भएको धौलागिरि अन्चलकै सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले मोतिया बिन्दु भएका बिरामीको आँखा को सल्यक्रिया निशुल्क गरेर धेरै जनालाई संसार हेर्न सहयोग गरेको बाढी पिडित भुकम्प पिडित लाई सहयोग गर्दै आएको कारण अहिले बागलुङ जिल्लामा मात्रै ५ वटा लायन्स क्लब खुलिसकेको छ ।

सन १९९६मा स्थापना भएको लायन्स क्लव अफ धौलागिरी अञ्चलकै पुरानो क्लव हो । यस क्लवले स्वास्थ्य, शिक्षा, पर्यावरण, नेतृत्व विकास लगाएतको क्षेत्रहरुमा काम गर्दै आइरहेको डिक्ट्रिक एडभाइजर काजीमान गुरुङले वताए । यस क्लवको गतिविधि सगै बागलुङ, पर्वत र म्याग्दीमा अन्य लायन्स क्लव खोल्ने क्रम बढेको लायन्स क्लव अफ धौलागिरीका पुर्व अध्यक्ष भरत शर्माले जानाकारी दिए । यस क्लवले दुई बर्षपछि २५औ बषन्त ( सिल्भर जुल्लि) मनाउदै छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung