२७ बैशाख २०८१, बिहीबार

 

विद्युत सुरक्षा दिवस मनाइयो

बेनीमा सोमबार विद्युत सुरक्षा दिवस जनचेतनामुलक ¥यालीको आयोजना गरेर मनाइएको छ ।
नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र, राहुघाट हाईड्रो लिमिटेड र सोसाईटी अफ ईलेक्ट्रिकल्स ईञ्जिनियर्स नेपालको आयोजनामा बेनीमा विद्युत र विद्युतीय उपकरणको सुरक्षित उपयोगको विषयमा सन्देशमुलक प्लेकार्ड र नारा सहित बजार परिक्रमा गरिएको थियो ।

केन्द्र र कम्पनीका कर्मचारी तथा कर्मचारीहरुको नेपाल विद्युत प्राधिकरण केन्द्र बेनीको कार्यालय परिसरबाट सुरु भएको ¥याली बजार परिक्रमा गरी सोही ठाउँमा पुगेर समापन भएको थियो । विद्युतीय सुरक्षा चुहावत नियन्त्रण र किफायती उपयोग, देश विकास र सम्बृद्धीमा सहयोग भन्ने मुल नाराका साथ दिवस मनाइएको केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्