२८ बैशाख २०८१, शुक्रबार

 

दुर्घटना न्यूनीकरणका लागि चालकलाई प्रशिक्षण

दुर्घटना न्युनीकरणका लागि म्याग्दीका सवारी चालकलाई स्थलगत प्रशिक्षण दिन थालीएको छ ।

जिल्ला ट्राफ्कि प्रहरी कार्यालयले बसपार्क, सडक क्षेत्रमा सवारी चालकहरुलाई भेला पारेर संक्षिप्त प्रशिक्षण दिन थालेको हो । यसै क्रममा बुधबार कालिपुल बसपार्कमा सन्देशमुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले मानवीय लापरबाहीका कारणले हुने दुर्घटना न्युनीकरणका लागि सावधानी अपनाउनुपर्ने बताए । उनले यान्त्रीक, मानसीक र स्वास्थ्यको हिसावले सक्षम भएको अवस्थामा मात्र सवारी चलाउनुपर्ने र यात्रुको जिवन आफ्नो हातमा छ भन्ने कुरा सम्झीएर काम गर्नुपर्ने बताए ।

उनले सवारी चालकका श्रीमती तथा परिवारका सदस्यहरुलाई समेत प्रशिक्षण दिन लागिएको बताए । यातायात ब्यवसायी अर्जुन आचार्यले मापसे परिक्षण गर्ने उपकरणलाई चालु गराउन र सुरक्षाकर्मीले प्रयोग गर्ने भाषा तथा ब्यवहार सम्मानीत हुनुपर्ने बताए । प्रहरी निरिक्षक लोकबहादुर गुरुङ र जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले समेत प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्