३ श्रावण २०८३, आईतवार

 

साढे ३३ किलो प्रकरण : छिरिङ वांगेल घले पनि अदालतमा हाजिर

त्रिभुवन विमानस्थल हुँदै भित्रिएको साढे ३३ किलो अवैध सुन लुटपाटमा संलग्न भनिएका छिरिङ वांगेल घले पनि मोरङ जिल्ला अदालतमा हाजिर भएका छन्।

गृहमन्त्रालयलबाट गठित छानबिन समितिको अनुसन्धानका क्रममा घलेसहितको समूहले गत फागुन ९ गते भित्रिएको साढे ३३ किलो अवैध सुन अनामनगर आसपासबाट हराएपछि हालसम्म तीनजनाले ज्यान गुमाइसकेका छन्।

छिरिङ वांगेल घले सुन तस्करी प्रकरणमै पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका साला नाता पर्छन्।

सुन तस्करीका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेले सुन गायब बनाउन छिरिङको संलग्नता रहेको बयान अदालतमा दिएका थिए। गोरेले बयानका क्रममा छिरिङ आफू भन्दा ठूला सुन तस्कर रहेको बताएका थिए। अन्नपुर्णबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung