नेपाल सामुदायिक पुस्तकालय संघकाे तेस्रो साधारणसभा शनिबार काठमाडौमा सम्पन्न भएको छ । देशभरकाे सामुदायिक पुस्तकालयकाे
छाता संगठन नेपाल सामुदायिक पुस्तकालय संघको अधिबेशनकाे शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयका सचिव खगराज बरालले नेपालमा पुस्तक पढ्ने बानीकाे बिकास नेपालमा नभएको कारणले पनि पुस्तकालयकाे बिकास नभएको बताए ।अबको अान्दोलन भनेकाे पठन संस्कृतिकाे बिकास गर्नुपर्छ यसलाई कडाइका साथ लागू गर्न जरुरी छ हामीलाई पढ्नुपर्छ भनेर बिदेशीले सिकाउनु पर्ने सचिवले बरालले बताए
।
कार्यक्रममा रिड नेपालका अध्यक्ष भाेला कुमार श्रेष्ठ नेपाल पुस्तकालय समन्वयका शाखाका यादब चन्द्र निराैला बाल सामुदायिक पुस्तकालयका अभियन्ता इन्दिरा दली फूलबारी सामुदायिक पुस्तकालयका सल्लाहकार बद्रीनाथ नेपाल नेपाल पुस्तकालय संघका अध्यक्ष गीता थापा लगायतका बक्ताहरूले सामुदायिक पुस्तकालयलाइ अहिलेसम्म सरकारकाे नजर नपरेकाे कारण समुदायले खाेजे जस्तो प्रगति गर्न नसकेको समयमा अहिले शिक्षा मन्त्रालयले अार्थिक सहयोग गरेमा राम्रोसँग पुस्तकालय चलाउन सहयोग पुग्ने धारणा राखेका थिए ।
कार्यक्रमकाे सभापतित्व अध्यक्ष गणेश प्रसाद न्याैपाने स्वागत मन्तब्य नेपाल सामुदायिक पुस्तकालयका उपाध्यक्ष राजेन्द्र चाैधरीले कार्यक्रम संचालन महासचिव कृ्ष्णहरि देबकाेटाले गरेका थिए ।























































































































































































