चितवनमा सुन व्यवसायीले माग अनुसार सुन नपाएपछि व्यवसायीले पसल बन्द गरेका छन ।नेपाल सुनचाँदी व्यवासायी संघ चितवनका अध्यक्ष जीवन ज्योती सदाशंकरले एक वक्तव्य जारी गर्दै आज र भोलि पसल बन्द गर्ने जनाएको छ ।चाडवाडको मुखमा सुनको माग बढे पनि राष्ट्र बैकले उपलब्ध गराउन नसकेपछि व्यवसायी आन्दोलित भएको हो ।चितवनमा पाच सय सुनचाँदी पसलले प्रयाप्त मात्रामा सुन पाउन सकेको छैन ।













































































































































































































